BREAKING NEWS

Sunday, May 22, 2016

सवारी दुर्घटनामा मृतकका आफन्तले पाउने रकम अब ५ गुणा बढ्ने

काठमाडौं ९ जेठ। 
सवारी साधन दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तले पाउने रकम अब ५ गुणा बढ्ने भएको छ । बिमा समितिले यात्रु बिमाको बिमांक रकम बढाएर ५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

सवारी साधनभित्रै रहेका यात्रुलाई पनि तेस्रो पक्ष बनाएर झुटो दावी आने क्रम बढ्दै गएपछि यस्तो व्यवस्था गर्न लागीएको हो । हालको व्यवस्थाअनुसार यात्रु बिमाको बिमांक रकम १ लाख रुपैयाँ मात्रै छ । जसअनुसार सवारी साधन दुर्घटना हुँदा यात्रुको मृत्यु भएको अवस्थामा निजका आफन्तले १ लाख रुपैयाँ प्राप्त गर्छन् ।

त्यस्तै घाइते भएको अवस्थामा उपचार सवारी साधनको ठक्करले तेस्रो पक्षको मृत्यु भएको अवस्थामा भने निजका आफन्तले पाँच लाख रुपैयाँ प्राप्त गर्छन् । घाइते भएको अवस्थामा भने २ लाख प्राप्त गर्छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .