BREAKING NEWS

Thursday, May 12, 2016

नेपाली कांग्रेस लेखनाथ १६ मा प्रशिक्षण सम्पन्न


लेखनाथ ३० वैशाख
नेपाली कांग्रेस लेखनाथ नगर समितिको आयोजना तथा लेखनाथ १६को व्यवस्थापनमा लेखनाथको पुँडीटारमा एक दिने नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम विहिबार सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद बृन्दा रानाले पार्टी सुदृढीकरणका लागि प्रशिक्षण उपयोगी हुने धारणा राख्नु भएको थियो । २०० भन्दा बढी प्रशिक्षार्थीहरु सहभागिता रहेको कार्यक्रममा गजेन्द्र च्वाईंले प्रशिक्षण दिएका थिए । उक्त अवसरमा ७ जना अन्य पार्टी परित्याग गरी नेपाली कांगे्रसमा पार्टी प्रवेस गरेका नगर सचिव ध्रुबनाथ अधिकारीले जानकारी दिए । नेपाली कांगे्रस लेखनाथ वडा कार्यसमिति १६ का सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जिल्ला सदस्य कोपिला रानाभाट तथा नगर सदस्यहरु विश्वमोहन पौडेल , रन्जना बराल , लक्ष्मी पौडेल लगाएतले आ–आफ्ना धारणा राखेका थिए ।  नगर सभापति राजेन्द्रमणी लामिछानेले कार्यक्रममाथि प्रकाश पारेको उक्त प्रशिक्षण कार्यक्रमको सन्चालन वडा कार्यसमितिका सदस्य श्रीराम पौडेलले गरेका थिए यसै गरी शुक्रबार वडा नं. ७ र १८ मा प्रशिक्षण कार्यक्रम रहेको बताइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .