BREAKING NEWS

Thursday, May 5, 2016

नेपाली काँग्रेस लेखनाथ ११ को प्रशिक्षण सम्पन्न


लेखनाथ, २३ वैशाख
नेपलाी काँग्रेस लेखनाथ नगर समितिको आयोजनामा लेखनाथ ११ वेगनासतालमा आज प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणमा प्रमुख प्रशिक्षक नेपाली कांग्रेस माहासमितिका सदस्य देवराज चालिसेले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भएकाले अव संविधान कार्यन्वयन पनि कांगे्रसले अग्रसरता लिनु पर्ने बताए । कार्यक्रममा बोल्दै नेता चालिसेले आर्थिक क्रान्तिका लागि घरबाट परिवर्तनको शुरुवात गर्नुपर्ने आवश्यक भएको भन्दै कांग्रेस नेता तथा कार्यकर्तालाई व्यवसायिक हुन पनि आग्रह गरे ।  ओली सरकारले अन्तराष्ट्रिय कुटनितिक सम्बन्ध विगारेकोले परराष्ट्र नितिलाई सन्तुलित कायम राख्न नसकेको आरोप लगाउँदै पुन निर्माणको कार्य पूरा गरी विकास निर्माणको कार्य गर्न कांग्रेसको विकल्प अरु कुनै पार्टीले गर्न नसक्ने ठोकुवा समेत गरे । त्यस्तै प्रमुख अतिथि नेपाली कांगे्रस कास्की जिल्ला सभापति कृष्ण केसीले सबै काग्रेसीजनहरु एक भएर स्थानिय निर्वाचनमा लाग्नुका साथै समाज रुपान्तरमा अग्रसर हुन आग्रह गरे । उनले  नेपाली कांगे्रसको सिद्धान्तलाई प्रत्येक नेपालीको घर घरमा पुर्याउन नेता तथा कार्यकर्तालाइ आग्रह समेत गरे । कार्यक्रममा नेपलाी कांग्रेस लेखनाथ नगर सदस्य कल्याणबाबु भण्डारी, क्षेत्रिय उपसभापति शरदराज सुवेदी, नगर समितिका सचिव धु्रबनाथ अधिकारी , कास्की जिल्ला सदस्य रामबाबु भण्डारी ,  नेपाल महिला संघ कास्की जिल्ला सभापति कोपिला रानाभाट , नगर सभापति राजेन्द्रमणी लामिछाने , वार एशोसियसन कास्कीका अध्यक्ष खगेन्द्र आचार्य, स्थानिय नेताहरु कृष्ण प्रसाद ढुङ्गाना , निर बहादुर चर्माकार , ठाकुर कंडेल लगाएतकाले सबै एक भएर विकासमा अग्रसर हुन पर्ने जोड दिएका थिए । ने.का.लेखनाथ वडा नं.११ का सभापति तारमणी घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वगत मन्तव्य महेश पौडेलले गर्नुका साथै सचिव नवराज ओझाले गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .