BREAKING NEWS

Friday, May 13, 2016

अपाङगता भएकालाई च्याउ खेति तालिम


अपाङगता भएकालाई च्याउ खेति तालिम
आदर्श समाजसंवाददाता।
लेखनाथ,३०बैशाख।अपाङगता भएकाहरुलाई रोजगार सृजना गर्दै आय आर्जनमा सहयोग पु¥याउने उदेस्यले लेखनाथमा तीन दिने च्याउ खेती उत्पादन तालिम विहिवार देखि सुरु भएको छ।
सृजनशिल अपङग समाज लेखनाथ तथा बौद्धिक अपाङ अभिभावक संघ कास्कीको संयुक्त आयोजना र लेखनाथ नगरपालिकाको आर्थीक सहयोगमा एवंम स्थानिय सिविआर नेटवर्क कास्कीको संयोजनमा आयोजीत तालिमको उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले सहभागीहरुलाई स्वरोजगार भएर आर्थीक आय आर्जनको माध्यवाट अगाडी वढ्नका लागि अनुरोध गरेका थिए।
सृजनशिल अपङग समाज लेखनाथका अध्यक्ष चुडामणि तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा बौद्धिक अपाङ अभिभावक संघ कास्कीका अध्यक्ष रामनारायण श्रेष्ठ, सृजनशिल अपङग समाजका  केन्द्रिय अध्यक्ष जगनाथ सुवेदी,नेकपा एमाले कास्कीका निर्वाचन आयोगका संयोजक टिकाराम पंगेनी,अपाङ महासंघका प्रमिला जोसी लगाएतले सिकाईबाट सिप आर्जन गरि स्वावलम्वी बन्नका लागि सवैमा अनुरोध गरेका थिए।
बौद्धिक अपाङ अभिभावक संघ कास्कीका अध्यक्ष बुद्धिप्रसाद बास्तोलाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य सृजनशिल अपङग समाज लेखनाथका उपाध्यक्ष लोकनाथ भटराईले गरेका थिए।
तालिममा कृषि सेवा केन्द्र शिसुवाका प्राविधिक साहायक सर्मिला मिश्र र ब्यवसायिक च्याउ उत्पादक कृषक ईन्द्रप्रसाद दाहालले सहजिकरण गरेका थिए। जेष्ठ १सम्म चल्ने तालिमा १९जनाको सहभागिता रहेको छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .