BREAKING NEWS

Monday, May 9, 2016

शैक्षिक प्रमाणपत्रको आधारमा ऋण कार्यक्रमको स्वागत


पोखरा २७ वैशाख । शैक्षिक प्रमाणपत्रको आधारमा बेरोजगार युवालाई ऋण उपलब्ध गराउने माग सरकारको नीति तथा कार्यक्रममा परेपछि सत्तारुढ एमाले निकट अनेरास्ववियुले त्यसको स्वागत गरेको छ । आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उल्लेख छ ।

त्यसको स्वागतमा पृथ्वीनारायण क्याम्पस एकाई कमिटिले सोमबार साँझ क्याम्पस गेट अगाडि मैनबत्ती प्रज्ज्वलन ग¥यो । विद्यार्थीहरुले नीति तथा कार्यक्रमको स्वागत र सम्मान गर्दै व्यवस्थित संयन्त्र बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य भरतमान कोने गुरुङले आफुहरुको माग अनुसार नै सरकारले नीति तथा कार्यक्रममा समेटेपछि स्वागत गरेको जनाए । उनले अब डिग्री पढेर श्रम गर्न विदेशिन नपर्ने, अव बेरोजगार युवा शैक्षिक प्रमाणपत्र राखेर स्वरोजगार बन्ने बताए ।

अनेरास्ववियू, पृथ्वीनारायण क्याम्पस एकाई कमिटि अध्यक्ष राजन शर्मा पराजुलीले २१ औं महाधिवेशनपछि किशोर विक्रम मल्लको अध्यक्षतामा पहिलो बैठकले यो माग उठाएको र अहिले पनि अध्यक्ष नविना लामा सहितको टोलीले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्री, प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएकाले विद्यार्थी हितमा कार्यक्रम आएको बताए । विद्यार्थी नेताहरु अशोक पौडेल, शंकर सैंजु लगायतको उपस्थिति थियो ।

सरकारले आमागी बर्षदेखि २०७३÷०७४ को बजेट मार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत दरमा ऋण उपलब्ध गराउने छ । अखिलले स्नातकोत्तर उत्तिर्णलाई १० लाख, स्नातकलाई ७ लाख र प्रमाणपत्र तहलाई ५ लाख ऋण उपलब्ध गराउन माग गरेका छ । तर, सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कुन तहको लागि कति ऋण दिन भन्ने बारेमा खुलाइएको छैन । वैज्ञानिक, प्राविधिक, तथा रोजगारी उन्मुख व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण उपलब्ध गराइने उल्लेख छ

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .