BREAKING NEWS

Friday, May 13, 2016

लेखनाथमा ट्रफिक सचेतना कार्यक्रम

लेखनाथ ३० वैशाख
लेखनाथको तालचोकमा ट्रफिक नियम सम्वन्धी १ दिने सचेतना कार्यक्रम आज सम्पन्न भएको छ । लेखनाथ सामुदायिक सेवा केन्द्र लेखनाथ र इलाका ट्राफिक प्रहरी कार्यलय लेखनाथको सयुक्त पहलमा उक्त कार्यक्रम सम्पन्न भएको केन्द्रका कार्यवाहक अध्यक्ष दयाराम तिवारीले जानकारी दिए । सचेतना कार्यक्रममा ट्रफिक नियम सम्वन्धी व्रोसर वाड्ने, प्रहरी र स्थानियवासीको संयोजनमा सवारी चालकहरुलाई नियम सम्वन्धी जानकारी गराउने लगायतको कार्यक्रम गरीएको इलाका ट्रफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले वताए । साथै उनले निजी विद्यालयहरुले स्कूल वसमा सिट भन्दा वढी विद्यार्थी वोक्ने स्कूल वसलाई छिट्टै कारवाही समेत गरीने  जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .