BREAKING NEWS

Saturday, May 21, 2016

लेनपा १२ मा तागाकोमुख टोल विकास संस्था स्थापना

भीमपाणि बराल
लेखनाथ,८जेठ।
लेखनाथ नगर पालिका वडा नं १२मा तागाकोमुख टोल विकास संस्था स्थापना गरिएको छ।
लेखनाथ नगर पालिकाको वडा नं १२लाई बाल श्रम मुक्त वडा घोषणा गर्ने अभियान अन्तरग तागाकोमुख क्षेत्रका वासिन्दाहरुलाई समेटी नयाँ टोल विकास सस्था स्थापना गरिएको हो।
लेखनाथ १२ टोल विकास संस्था समन्वय समितिका संयोजक खेमराज बास्तोलाको अध्यक्षता तथा टोली संस्थाका सामाजिक परिचालक मिना थापाको विशेष उपस्थितिमा सम्पन्न भएको सो भेलाले गविन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रमा कंडेल , सचिवमा भोलानाथ अधिकारी , सह सचिवमा दिपक भण्डारी , कोषाध्यक्षयमा पूर्णकुमारी अधिकारी , सदस्यहरुमा राजन अधिकारी , धर्मराज भण्डारी , सुजाता गौतम, कमला अधिकारी रहेका छन भने उक्त भेलाले उमनाथ न्यौपाने , हरिभक्त कुँवर , रामचन्द्र अधिकारी , दामोदर ढकाल र निर्मल अधिकारीलाई सल्लाहकार समितिमा चयन गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .