BREAKING NEWS

Thursday, May 19, 2016

लमजुङमा बस दुर्घटना, ९ जनाको मृत्यु, ९ गम्भिर घाइते


लमजुङ ६ जेठ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ५, जिता र तान्द्राङटक्सारको सीमा तामाखानीमा यात्रुबहासक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

बसमा सवार कम्तीमा १० जना गम्भीर घाइते छन् । प्रहरी र स्थानीयका अनुसार बस कच्ची सडकबाट करीब ४ सय मीटर तल खसेको छ । डीएसपी शम्भूप्रसाद ढकालले ९ जनाको घटनास्थलमै मृत्यु भएको बताए । उनका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिकले स्थानीयसँग मिलेर उद्धार गरिरहेका छन् । दमौलीबाट जिताका लागि छुटेको ना६ख ४१३६ नं. को यात्रुबहाक बस बिहीबार साँझ ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई एम्बुलेन्समार्फत दमौली अस्पताल तनहुँतर्फ लगिएको उद्धारकार्यमा संलग्न ट्राफिक प्रहरी प्रहरी जवान कृष्ण विकले बताए ।

प्रत्यक्षदर्शी स्थानीय हेमलाल खवासले बैशाख पूणिर्मा मनाउन गाउँ आएका दम्पत्ति नै उक्त घटनामा परेर निधन भएको बताए । ुखेतमा काम गर्दै थियौँ । बस सडकबाट हेर्दाहेर्दै तल पो खस्योु उनले भने, हामी स्थानीय प्रहरीसंग मिलेर उद्धार गरिरहेका छौँ ।ु उनका अनुसार कति घाइते भएर बसमा कति थिए भन्ने पूर्ण जानकारी अझै छैन । उनका अनुसार रात परेकाले उद्धारमा समस्या भएको छ । प्रहरीका अनुसार विस्तृत विवरण आउन बाँकी छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .