BREAKING NEWS

Monday, May 23, 2016

लेखनाथ उद्योग वाणिज्य संघद्धारा खैरहनी उद्योग वाणिज्य संघलाई स्वागत

लेखनाथ १०, जेठ
विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको खैरहनी उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रम आयोजना गर्यो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आयोजना गरिएको सो स्वागत कार्यक्रममा भ्रमण टोलीनेता तथा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले भ्रमणको उद्देश्य र संघका क्रृयाकलापहरुका वारे चर्चा गर्नु भएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले संघका गतिविधिहरु, संघका आय आर्जन, भावि कार्यक्रम, संघद्धारा संचालन गरिएका कार्यक्रम लगायतमा संघले खेलेको भुमिकाको वारेमा चर्चा गर्नुभएको थियो।
संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, सचिवालय व्यवस्थापन, मेला महोत्सव, एक जिल्ला एक उत्पादन कार्यक्रम, स्थानिय बिकास कार्यक्रम, लगाएत विभिन्न कार्यक्रम, उद्योग वाणिज्य संघहरुको स्थायी आर्थिक श्रोत जस्ता विषयमा छलफल केन्द्रित रहेको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी, खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल, दुवै संघका पदाधिकारी कार्यसमिति सदस्य तथा सल्लाहकार लगायतले यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ विचको सम्वन्ध अझ प्रगाढ हुदै जाने र व्यवसायीक विकासमा टेवा पुग्ने वताउनु भएको थियो। लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नु भएको सो कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .