BREAKING NEWS

Sunday, May 15, 2016

पत्रकार बास्तोला र परियार सम्मानित

पोखरा २ जेठ। पोखराका दुई कृयाशील पत्रकार हरि बास्तोला र दीपक परियार आइतबार सिर्जनशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

स्व.गजेन्द्र भण्डारीको परिवारद्वारा स्थापित गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार बास्तोला र मीना गुरुङद्वारा स्थापित सिर्जनशील पत्रकारिता पुरस्कारबाट परियार सम्मानित भएका हुन् । दुबै पुरस्कार पत्रकार महासंघ कास्कीले वितरण गर्दै आएको छ ।

दुबै जनालाई सिचाई मन्त्री उमेश यादव र पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले संयुक्त रुपमा सम्मान गरेका हुन् । गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ र मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ छ ।

पोखरा-१७ घारीपाटनका बास्तोला राष्ट्रिय समाचार समिति पोखरामा विगत २६ वर्षदेखि कार्यरत छन् भने लेखनाथ-१३ कालिकानगरका परियार समाधान राष्ट्रिय दैनिकमा कार्यरत छन् । उनी विगत ८ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .