BREAKING NEWS

Sunday, May 22, 2016

गोरखनाथ मन्दिरमा गोरख जयन्ती र वुद्ध जयन्ती मनाइयो


लेखनाथ ९ जेष्ठ
लेखनाथकै एतिहासीक धार्मीक स्थल, पौराणीक महत्व भएको विगत सय वर्ष देखी अखण्ड धुनी प्रज्वलीत शक्ति पिठ लेखनाथ ११ पचभैया किमवेंशीको श्री शिव गोरखनाथ पीठ सिद्धाश्रममा विविध कार्यक्रम गरी गोरख जयन्ती र २५६० औ वुद्ध जयन्ती भव्य रुपले मनाईएको छ । रुपा र वेगनासको पयैटकिय सुन्दरता भित्र लुकेको सिद्धाश्रममा पिठाधिस एंव संरक्षक योगी महाराज श्री वलवद्रनाथजीले सम्पुर्ण समु्दायको उन्नती, विकास, सस्कार र सस्कृतीको साथै वौद्ध धर्मका संवाहक एंव संवद्धन र गौतम वुद्धको त्याग र समर्पनका वारेमा विशेष प्रवचन दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी लेखनाथ नगरपालीका कार्यलयका प्रमुख लोक व भण्डारीले धर्म र उपासनाले मानिसलाई अनुशाशित वनाई जिवन सन्तुलीत हुनु पर्ने वताएका छन् । त्यसै गरी विशिष्ठ अतिथी विन्दवासीनी धार्मीक विकास समितीका अध्यक्ष गणेश व श्रेष्ठले धन सम्पतीले मानिस कहिल्यै सन्तुष्ठ नहुने तर अध्यात्मीकतामा लाग्न सके जिवन शैली परिवर्तन हुने वताउनु भयो । नगरपालीका कार्यलयका कानुन अधिकृत राममणी अधिकारीले सिद्धाश्रमलाई गुरु योजना वनाई यस क्षेत्रको विकास गर्नु पर्ने जनाकारी दिए । सोही कार्यक्रममा कास्की फाईनान्सका अध्यक्ष मदन शर्मा, कामना विकास वैकका अध्यक्ष राजेन्द्रनिधी कोइराला लगाएतले वालेका थिए । सस्थाका अध्यक्ष खेमनाथ भट्टईको सभापतीत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरत प्रसाद तिवारीले गरेका थिए । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .