BREAKING NEWS

Monday, May 23, 2016

शेष घलेको छोरा भनी ठगी गर्ने पक्राउ

गिता राना मगर
पोखरा ०९ जेठ

शेष घलेको छोरा भनी विभिन्न ब्याक्तिलाई अमेरिका पठाइदिन्छु भन्ने तनहुका चित्र कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । तनहु मनपाङ २ शेराटार घर भइ हाल चितवन पार्वतीपुर बस्ने चित्र कुमार श्रेष्ठलाइ वडा प्रहरी कार्यालय वैदामले पक्राउ गरी अनुसन्धान कार्य भइरहेको छ ।

निज श्रेष्ठले फेसबुक तथा भाइबरबाट केटी साथीहरु बनाइ आफु शेष घलेको छोरा आकाश घले भएको र हाल अमेरिका भएको भन्दै केटी साथीहरुलाई भेट्ने र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्दै आइरहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कास्की र आसपासका कोही कसैलाई यसरी आकाश घलेको नामबाट अमेरिका जाने भनी कसैलाई ठगी गरेको भए वडा प्रहरी कार्यालय बैदाम अथवा कास्की प्रहरीमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ । नीज श्रेष्ठ विगत १० वर्षदेखि मलेसियामा अवैध रुपमा काम गर्दै आएको र हाल चितवनमा वसी अवैध काम गर्दै आइरहेको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .