BREAKING NEWS

Saturday, May 21, 2016

चक्रदेबि सहकारीका महिला सेयर सदस्यलाई सुचना प्रविधि तालिम



भीमपाणि बराल
लेखनाथ,८जेठ।
आफना सेयर सदस्यको क्षमता अभिबृद्धमा सहयोग पुरयाउने उदेस्यले लेखनाथ नगर पालिका वडा नं ८को शिसुवामा रहेको चक्रदेवि बहुमुखि सहकारी सस्था लिमिटेडले महिला सेयर सदस्यहरुका लागि एक दिने सुचना प्रविधी सम्वन्धि तालिम प्रदान गरेको छ।
आधुनिक सुचना प्रविधिका बारेमा जानकारी गराउदै महिला सेयर सदस्यको क्षमता अभिबृद्ध गर्दै ब्यवसायिक क्षेत्रमा अग्रसर गराउने उदेस्यले राखिएको तालिममा सस्थासंग आवद्ध ४०जना महिला सदस्यहरुको सहभागीता रहेको थियो।
सस्थाका अध्यक्ष सोमलाल कडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशिक्षण संयोजक जीवन तिवारी, राजन परियार, कृतिराज ढकाल, नवराज सुवेदी र झलक पौडेलले आधुनिक सुचना प्रणालीका बारेमा सहजिकरण गरेका थिए।

आयोजक सस्थाका सचिव शिवराज वास्तोलाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शिवराज अधिकारी र कार्यक्रमको उदेस्य माथी संयोजक उपेन्द्र पौडेलले प्रकाश पारेका थिए।

Photo--->>




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .