BREAKING NEWS

Saturday, May 21, 2016

बुद्ध जयन्तिको अवसरमा लेखनाथमा शान्ति पद यात्रा


भीमपाणि बराल
लेखनाथ,८जेठ।
२५६०औं बुद्ध जयन्तिको अवसर पारेर लेखनाथको भण्डारढीकमा रहेको कर्म त्रियान धर्मचक्र बौद्ध विहार र मुसेटुडामा रहेको आनन्द धर्मचक्र बौद्ध गुम्वाको संयुक्त आयोजनामा शान्ति पद यात्रा सम्पन्न भएको छ।
दुई सस्थाको सहकार्यमा हरेक वर्ष जस्तै यस वर्ष पनि बुद्ध जयन्तिको अवसर पारेर आनन्द धर्मचक्र बौद्ध गुम्वा मुसेटुडा देखि श्री कर्म त्रियान धर्मचक्र बौद्ध विहार भण्डारढीकसम्म देशमा शान्तिको कामना गर्दै पद यात्रा गरिएको हो।
पदयात्रा पछिको कार्यक्रममा बोल्दै कर्म त्रियान धर्मचक्र बौद्ध विहारका गुरु लामा छिरिङले  बुद्ध दर्शन र बुद्धत्व प्राप्तीका बारेमा धार्मीक प्रवचन दिदै मानव जिवनको सुखद पक्ष भनेको कोही कसैसग रिस,डाहा र मोह नराखी सत विचार र सत कर्मको माध्यमवाट अगाडी वढ्नु नै वुुद्ध धर्मको शिध्यान्त भएको धारणा राखेका थिए।
कर्म त्रियान धर्मचक्र बौद्ध विहारका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा आनन्द धर्मचक्र बौद्ध गुम्वाका लामा गुरु आईत बहादुर गुरुङ,अध्यक्ष सुवेदार कमल शिह गुरुङ लगाएतले बुद्ध धर्म शान्ति,अहिम्सा मैत्री र करुणाको प्रतिकका रुपमा रहेको विचार राखेका थिए।
कर्म त्रियान धर्मचक्र बौद्ध विहारका सचिव सुवेदार तेजबहादुर गुरुङले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष चोकबहादुर गुरुङले गरेका थिए।
सोही अवसरमा सैनिक वस्थी गु्रप नं १,नवज्योती नवजागरण आमा समुह र नवदुर्गा आमा समुह ग्रुप नं ३ले सामुहिक रुपमा भोजनदान गराएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .