BREAKING NEWS

Monday, May 23, 2016

भुर्तेल बन्धु समाजको भेला माझठानमा सम्पन्न


भीमपाणि बराल
लेखनाथ,१०जेठ।
भुर्तेल बन्धु समाज नेपालको प्रथम साधारण सभा तथा स्मारिका विमोचन कास्कीको   माझठानामा सम्पन्न भएको छ।
बंशजको स्मारिका विमोचन गर्दै स्थानिय बयोबृद्ध गुरुप्रसाद भुर्तेलले बन्धुत्वको भावनाले जो जाहाँ रहेर पनि दाजुभाई विचको एकता रहिरहनु पर्ने धारणा राख्दै आफनो जन्म भुमीको विकासका लागि सवैले आफनो ठाउबाट सक्दो पहल गर्नु पर्नेमा उनले जोड दिएका थिए।
माझठाना–६ कुल मन्दिर परिसरमा भएको प्रथम अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्वत रुपमा टीकाराम भुर्तेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नव गठित समितिको उपाध्यक्षमा पार्वती भुर्तेल, सचिवमा यवनाथ भुर्तेल, सह सचिवमा लक्ष्मीप्रसाद भुर्तेल र कोषाध्यक्षमा दुर्गा शर्मा भुर्तेल चयन भएका छन् भने समितिको सदस्यमा  बामदेव भुर्तेल, दीनबन्दु भुर्तेल, कृष्णकुमारी भुर्तेल, पुष्पराज भुर्तेल, गंगा भुर्तेल, बुद्धिसागर भुर्तेल, विष्णुप्रसाद भुर्तेल र कलिङ भुर्तेल केसी रहेका छन्।
सोमनाथ भुर्तेलको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य कालीदास भुर्तेलले राखेका थिए भने कार्यक्रम सञ्चालन लक्ष्मीप्रसाद भुर्तेलले गरेका थिए ।
सस्थाका सचिव विष्णुप्रसाद भुर्तेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । कार्यक्रममा ८० वर्ष नाघेका बृद्धहरुलाई खादा र मालाद्वारा सम्मान गरिएको थियो । उक्त अवसरमा कालिदास भुर्तेल, यवनाथ भुर्तेल, बसन्धरा भुर्तेल, प्रजापति भुर्तेल, दुर्गादत्त भुर्तेल, चेतकृष्ण भुर्तेल, भोजराज भुर्तेल लगायतले बोलेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .