BREAKING NEWS

Sunday, May 15, 2016

बेगनासताल बस संचालक समितिका प्रमुख पौडेलको निधन


लेखनाथ,२जेठ।
बेगनासताल बस संचालक समितिका कार्यालय प्रमुख लेखनाथ ८ शिसुवा निवासी यादवराज पौडेलको ५८बर्षको उमेरमा आईतवार निधन भएको छ।
गत तिन महिना अघि भारतको मेधान्त अस्पतालमा क्यान्सर रोगको उपचार गराएर आएका पौडेल केही दिन अगाडी विरामी भएर पोखराको फिस्टेल अस्पतालमा भर्ना भएका थिए भने उनको आईतवार  उपचार कै क्रममा निधन भएको पारीवारीक स्रोतले जानकारी दिएको छ।
विस २०५२ साल देखि हालसम्म अनवरत रुपमा बेगनासताल बस संचालक समितिको कार्यालय प्रमुखका रुपमा रहेर लेखनाथ र आसपासका गाविसहरुमा यातायात सेवा विस्थारमा काम गर्दै आएका पौडेलको निधनले यातायातको क्षेत्रमा अपुरणीय क्षती पुगेको छ।
भलामको ¥यालेचौरमा विस २०१५सालमा जन्मिएका स्वर्गीय पौडेलका श्रीमती कृपा पौडेल,एक छोरा र दुई छोरीहरु रहेका छन्। स्वर्गीय पौडेलका छोरा विवस पौडेल विदेशमा रहेकाले उनि आएपछि मात्र दाहासस्कार गरिने भएकोले उनको पार्थव शरिरलाई मनिपाल शिक्षण अस्पताको सवगृहमा राखिएको छ।
यसै विच बेगनासताल बस संचालक समितिका अध्यक्ष खेम गुरुङले पौडेलको निधन प्रति गहिरो दुःख ब्यक्ति गर्दै सोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरेका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .