BREAKING NEWS

Sunday, May 22, 2016

अखण्ड नेपाल पाटीको स्थापना दिवसमा बृद्ध बृदालाई सहयोग

भीमपाणि बराल
लेखनाथ,९जेठ।
अखण्ड नेपाल पाटीले स्थापनाको चौथो वर्षको अवसर पारेर लेखनाथ नगर पालिका वडा नं १३ लामेआहालमा रहेको राधा कृष्ण बृद्धाश्रमका बृद्ध बृदाका लागि भोजन दान गराएको छ।
निर्वाचन आयोगमा दर्ता भएको दिनलाई स्थापना दिबसका रुपमा मनाउदै आएको पाटीले जेष्ठ नागरीकको सम्मानलाई प्रथामिकतामा राख्दै आश्रममा वसोवास गर्दै आएका बृद्ध बृदाहरुका लागि भोजन दान गराएको होे।
अखण्ड नेपाल पाटीले अगाडी सारेको उज्यालो अभियान अन्तरगत मठ मन्दिर तथा समाजीक संघ सस्थामा वितरण गर्दै आएको सौर्य बत्ति बालेर सुरु भएको कार्यक्रममा बोल्दै पाटीका केन्द्रिय अध्यक्ष तथा सांसद कुमार खड्काले आफना वाबु आमालाई सेवा गर्न नसक्ने छोरा छोरीहरुको बास्थविक अर्थ नहुनेमा जोड दिदै सवै क्षेत्रका बृद्ध बृदाहरुलाई सहयोग पुग्ने गरि दिवा सेवा केन्द्र स्थापना गरि बृद्धबृदाहरुको मनोभावना वुझनु पर्ने धारणा राखेका थिए।
जेष्ठ नागरिकको सम्मान गर्नु राज्यको पनि दाइत्व भएकाले आफनो पाटीको तर्फबाट जेष्ठ नगरिक भक्त देखि स्वास्थ्य सुविधाका बारेमा आवाज उठाई राखेको र आगामी बजेटमा पनि यी विषयहरुमा केहि सुधार भएर आउने छ सांसद खड्काको भनाई रहेको थियो।
अखण्ड नेपाल पाटी कास्कीका अध्यक्ष पदम बहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं ४का ईन्चार्ज उदयवहादर वस्नेत र अखण्ड नेपाल पाटीका लेखनाथ अध्यक्ष मोती गिरीले बृद्ध बृदाको क्षेत्रमा पाटीले अगाडी सारेका योजनाका बारेमा जानकारी गराएका थिए भने  आश्रम संचालन समितिका अध्यक्ष प्रेम लिगलले आश्रमको भौतीक अवस्था सुधार गर्नु पर्ने विषयका बारेमा जानकारी गराएका थिए। अखण्ड नेपाल पाटीका जिल्ला सचिव प्रेम बहादुर थापाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष बालकृष्ण सुवेदीले गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .