BREAKING NEWS

Friday, May 13, 2016

नेपाली भाषा शिक्षक परिषद कास्कीकोे अभिमुखिकरण गोष्ठी

लेखनाथ ३१,बैशाख
नेपाली भाषा शिक्षक परिषद कास्कीले नेपलाी भाषा र यसको शिक्षणमा देखिएका अन्योलतालाई स्पष्ट पार्दै सहज बनाउने उद्धेश्यका साथ शनिबार प्याब्सन कास्कीको सभाहलमा एक दिवसिय अभिमुखिकरण गोष्ठी तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको परिषदका अध्यक्ष लोक चन्द्र खनालले जानकारी दिएका छन् । परिषदले विद्यार्थीको स्तरन्नोति तथा शिक्षकका पेशागत दक्षता अभिबृद्धिका लागि शिक्षणलाई सहज र प्रभावकारी बनाउने उद्धेश्येले कक्षा ९ को नेपलाी भाषा पाठ्पुस्तक सँग सम्बन्धित रहि गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा त्रिभुवन विश्वविद्यालय नेपाली भाषा शिक्षा विभागका विभागीय प्रमुख एवम् पाठ्क्रम विकास केन्द्रका विषय समिति सदस्य प्राध्यापक डा.रामनाथ ओझाले सहजिकरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक एवम् परिषदका उपाध्यक्ष डोलराज अर्यालले जानकारी दिए । गोष्ठीमा कास्की जिल्ला भरका सामुदायिक तथा संस्थागत विद्यालयका माद्यमिक तहमा नेपलाी विषय अध्यापन गराउने शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहने सचिव डिल्लिराम अर्यालले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .