BREAKING NEWS

Sunday, May 1, 2016

लक्ष्य अनुसारको सफलता हात पार्दै सकियो वेगनास फिस फेष्टीवल



भिमपाणी बराल
लेखनाथ,१९ वैशाख।

वेगनास जाऔं , माछाका परिकारमा रमाऔं  भन्ने मूल नाराका साथ  लेखनाथ नगरपालिकाको वेगनासतालमा संचालीत दोस्रो वेगनास  फिस फेष्टीवल लक्ष्य अनुसार कै सफलतता हात पार्दै सकिएको छ ।

महोत्सव र माछाको सिजन नहुदा नहुदै पनि शुक्रवार देखि  संचालन भएको फेष्टीवलमा आयोजकहरुले अपेक्ष्या गरे अनुसार कै ५० लाख भन्दा वढीको आर्थिक कारोवार र ७० हजार दर्शकले मेलाको अवलोकन गरेकोे फेष्टीवल आयोजक समितिका मूल  संयोजक दामोदर भत्त थापाको दावी रहेको छ।

लेखनाथ नगर क्षेत्रमा पर्यटकीय गतिविधी र व्यवसायिक गतिविधीलाई प्रबद्धन गराउने उदेस्यले राखिएको फेस्टिवलमा दिपाङ,वेगनास र रुपाताल तथा स्थानीय कृषकहरुले आफना निजी पोखरीमा उत्पादन गरेका २३ थरीका माछाका परिकारहरु दर्शकहरुलाई खुवाउनुको साथै जिवित माछाहरु समेत प्रदर्शन गरि  करिव चार टन भन्दा वढी माछा विक्री भएको माछा प्रदशनी उप समितिका संयोजक झलक जलारीले जानकारी दिएका छन्।

होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको आयोजनामा भएको फेष्टीवलमा यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडिवुटीहरु र पर्यटकीयस्थलहरुको प्रचार प्रसार तथा स्थानीय माछाहरुको संरक्षण एवं आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने  उद्धेश्यले फेष्टीवल आयोजना गरिएको र यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रचार प्रसार उप समितिका संयोजक दुर्गा प्रसाद अधिकारीको भनाई रहेको छ।

तीन दिने फेस्टिवलमा महिला तथा पुरुष खुल्ला डुंगा दौड तथा पौडी प्रतियोगिता,माछा मार्ने प्रतियोगिता, माछा तथा खानाका स्टल,पप कन्सर्ट, लोक  दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएको थियो ।

फेष्टीवल समापन समारोहमा बोल्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक वहादुर भण्डारीले यस कार्यक्रमले पर्यटन ब्यवसायी र माछापालक कृषकहरुमा थप हौसला वढेको बताएका थिए।

होटल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथका अध्यक्ष दामोदर भक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,लि बर्डका कार्यकारी निर्देशक रोशन वुढासैनी,लेखनाथ नगर पालिकाका कानुनी सल्लाहाकार राममणि अधिकारी,बेगनास डुङगा ब्यवसायि समितिका अध्यक्ष ढकनाथ कडेल,बेगनासताल बस संचालन समितिका अध्यक्ष खेमबहादुर गुरुङ,बेगनास युवा क्लवका अध्यक्ष मदनवावु कोई्रालाले लेखनाथमा संचालीत लेखनाथ महोत्सवलाई समेत बेगनासताल किनारामा गर्न सकिने सोच बढेको धारणा राखेका थिए।

होटल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथका महासचिव विरभद्र कडेलले संचालन गरेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष दुर्गा प्रसाद अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .