BREAKING NEWS

Monday, May 2, 2016

वेगनासतालमा १० हजार माछाका भुरा छोडियो

लेखनाथ, २० वैशाख
श्री कर्मत्रियाना धर्म चक्र बौद्धविहार लेखनाथ १ सैनिक बस्तिको आयोजनामा आज एक पुजा कार्यक्रम गरी करिव १० हजार माछाका भुरा वेगनासतालमा छाडिएको छ । बैद्धविहारले दशमीको विशेष अवसर पारेर ताल किनारमा एक पूजा कार्यक्रम गरी देशबासीका नाममा  सुख शान्ति र समृद्धिको कामना गरी माछाका भुरा छोडिएको बैद्धविहारका अध्यक्ष सु चन्द्रबहादुर गुरुङले जानकारी दिए । प्रमुख गुरु लामा पाल्सङ छिरिङको प्रमुख आतिथ्यता र गुरु लामा ओङ दुक को विशेष आतिथ्यतामा सम्पन्न पूजा कार्यक्रममा उनीहरुले पूजा सँग सँगै सामाजिक क्षेत्रमा समेत सहयोग पुग्ने हुनाले यस्तो खालको कार्यक्रम गरिएको जानकारी दिए । गरिवलाई दान गरे जस्तै यस क्षेत्रको पर्यटकिय स्थल वेगनासतालमा माछाको संख्या घटिरहेको अवस्थामा यस्ले थप टेवा पुग्ने उल्लेख गरे ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .