BREAKING NEWS

Sunday, April 17, 2016

पश्चिमाञ्चल क्षेत्रीय कराँते प्रतियोगिता शुरु



लेखनाथ,५बैंशाख । 
कास्कीको लेखनाथमा आइतबार देखि पश्चिमाञ्चल क्षेत्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट कराँते प्रतियोगित सुरु भएको छ । प्रतियोगिताको एक समारोहका विच पशिचमाञ्चल क्षेत्रीय प्रशासक शंकर प्रसाद कोईरालाले उद्घाटन गर्दैखेल पर्यटनका माध्यमले लेखनाथलाई चिनाउन खेल मैदान निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । जीवनमा अनुशासन कायम राख्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने हुँदा अभिभावकको हौसला र प्रेरणाले खेलाडीलाई थप बल पुग्ने धारणा राख्दै कोइरालालेअन्राष्ट्रिय प्रतियोगिताहरु जित्न यस्ता प्रतियोगिताहरुले मार्ग प्रशस्त गर्ने बताए ।
सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले खेलाडीहरु राष्ट्रका गहना भएकोले उनीहरुलाई उत्साह थप्नु पर्ने बताए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले शहरोन्मुख रिठेपानी जस्ता ठाउँमा आयोजना गरिने खेलहरुले यि ठाउँका जनताको खेल प्रतिको सोच र विचारको प्रतिनिधित्व गरेको बताए । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले खेल संगित र राजनिति मानिसको छिट्टै मन तान्न सक्ने माध्यम भएको बताए ।

नेपाल क्योकुशिन बुदोकाई कराँते संघ, लेखनाथको आयोजना , राइजिङस्टार यूथ क्लब र लिटल फलावर एजुकेशनल एकेडेमीको सहआयोजना , रिठेपानीमा अवस्थित आमा समूहहरु त्था टोल विकास संस्थाहरुको व्यवस्थापनमा सुरु भएको कराँते प्रतियोगितामा पश्चिमाञ्चलका विभिन्न १२ जिल्ला सहित काठमाण्डौ , धनुषा र सर्लाहीका खेलाडीहरुको समेत गरी नौ तौल समुह रहेका छन् । आइतबार पुरुष तर्फ ३० , ४५  र ५५ केजी तथा महिला तर्फका केही खेलहरु सम्पन्न भएका र सोमबार पनि जारी रहने प्रचार प्रसार संयोजक विष्णुहरि पौडेलले जानकारी दिए । मुल आयोजक समितिका अध्यक्ष सुवेदार जग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कराँते संघका उपाध्यक्ष सूर्य पौडेलले स्वागत तथा प्रशिक्षक सुवास खड्काले कार्यक्रममाथि प्रकाश पारेका थिए । कार्यक्रममा खेलकुद विकास समितिका कास्की अध्यक्ष खगराज पौडेल , राइजिङस्टार युवाक्लबका संस्थापक अध्यक्ष पूर्ण कुमार गुरुङ काँइला लगाएतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगिताका निर्णायकहरुमा नेपाल क्यूको सिन कराँते संघका संरक्षक लक्षमण कुवर मूख्य जुरी सहित २ जना जुरी र ७ जना निर्णायकहरु रहेका छन् । कार्यक्रमको सन्चालन मुल आयोजक समितिका सचिव प्रकाश पन्त र कराँते संघ लेखनाथकी सचिव जानुका अधिकारीले संयुक्त रुपमा गरेका थिए ।
सोमबार पुरस्कार वितरण सहित बाँकी खेलहरु सम्पन्न हुने भएका छन् भने कार्यक्रमको समापन कास्की क्षेत्र नं १ का सांसद यज्ञ बहादुर थापाले गर्ने कार्यक्रम रहेको मुल संयोजक गुरुङले बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .