BREAKING NEWS

Friday, April 8, 2016

विद्यार्थीहरुलाई ट्राफिक नियम

भीमपाणि बराल
लेखनाथ,२६चैत।
प्रवेशिका परिक्षाको अन्तिम दिन पारेर अस्थाई ट्राफिक प्रहरी पोष्ट डाडाकोनाकले शुक्रवार लेखनाथ नगर क्षेत्रमा रहेका चार परिक्षा केन्द्रमा पुगी परिक्षार्थीहरुलाई ट्राफिक नियमका बारेमा जनाकारी गराएको छ।

बड्दो सवारी दुर्घटनालाई न्युनिकरण गराउने उदेस्यले ट्राफिक प्रहरीद्धारा परिक्षा सकिए पछि लेखनाथ नगर क्षेत्रका बिभिन्न परिक्षा केन्द्रहरुमा पुगि परिक्षमा सहभागी विद्यार्थीहरुलाई ट्राफिक  नियमका बारेमा सचेतना गराउदै पर्चा वितरण गरेको थियो।
परिक्षा सकेका विद्यार्थीहरुमा देखिने सवारी साधनको महोलाई मध्यनजर राख्दै जनप्रकास उच्च मावि केन्द्रका दुई सय ५०,लक्ष्मी आदर्श केन्द्रिका तीन सय,भवानी कालीका उच्च माविका एक सय ५० र लक्ष्मी उच्च माविका तिन सय विद्यार्थीहरुलाई ट्राफिक नियमहरु उल्लेख भएका पर्चा वितरण गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट डाडाकोनाकका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .