BREAKING NEWS

Sunday, April 3, 2016

पलाष्टिक झोला मुक्त लेखनाथ शहर– प्रारम्भिक छलफल

चैत २१, कास्की
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा पलाष्टिक झोला मुक्त लेखनाथ बनाउने सम्वन्धमा प्रारम्भिक छलफल आइतवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।
वर्तमान युग पलाष्टिकको युग भएको तर यसका विभिन्न नकरात्मक पक्ष धेरै भएकाले यसको विकल्पको खोजी गरिनु पर्छ र हाम्रो शहर पलाष्टिक झोला मुक्त बनाउन पहल गर्नु पर्छ भन्ने भाव सम्पूर्ण लेखनाथका नगरस्तरिय राजनैतिक पार्टिका प्रमुख एवं प्रतिनिधिहरु, उपस्थित संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले राख्नु भएको थियो । साथै लेखनाथ नगरपालिकामा लेनफिट साइटको अभाव र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनका लागि लेखनाथ नगरपालिकालाई अनुरोध गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एंव लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले निजी सरोकारवाला र स्थानीय सरकारको संयुक्त प्रयासबाट मात्र लेखनाथ शहरलाई पलाष्टिक झोला मुक्त बनाउन सकिने धारणा राख्नुहुदैं सवै नगरबासीहरुले यो कार्यको शुरुवात आफ्नो घर–घरबाट गर्न अनुरोध गर्नुभएको उक्त कार्यक्रममा लेखनाथ नगरपालिकाका इन्जिनियर रविचन्द्र घिमिरेज्यूले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहुुदैं अव लेखनाथबासी सचेत भई पलाष्टिक झोलाको विकल्पका रुपमा कपडा र अन्य चिजका झोलाको खोजी गरि यस अभियानलाई मुर्तरुप दिन र कार्यालयबाट पनि आगामी दिनमा यस सम्वन्धि अझ धेरै अभियान गर्दै जाने कुरा वताउनुभएको थियो ।
लेखनाथ नगरपालिकाको सहयोगमा लेखनाथ उद्योग वाणिज्य संघद्धारा तयार बनाएको “लेखनाथको रहर पलाष्टिक मुक्त शहर” नारा सहितको कपडाको झोला पहिलो चरणमा उपस्थित महानुभावहरुलाई निःशुल्क वितरण गरिएको थियो । २५०० वटा बनाईएको वातावरण मैत्री झोला मध्ये आधा झोला निशुल्क वितरण गरिने र 
आधा झोला पचास रुपैयामा विक्रि गरि उक्त आम्दानी वातावरण मैत्रि कार्यक्रममा खर्च गरिने योजना गरेको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयज्यूले संचालन गर्नुभएको उक्त कार्यक्रममा द्धितीय उपाध्यक्ष बलराम ढकालज्युले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .