लेखनाथ, ३बैशाख।
पृथ्वीराजमार्ग खण्डको वुढिबजार देखि विजयपुर सम्मको क्षेत्रमा बिभिन्न समयमा दुर्घटनामा परि ज्यान गुमाएका मृत आत्माको चिरशान्तिको कामना गर्दै लेखनाथको कालिकाचोकमा रुद्राभिसेक सहित स्वस्थी शान्ति गरिएको छ।
रामनवमीको अवसर पारेर कालिकाचोक टोल विकास सस्थाले उत्त क्षेत्रमा विभिन्न समयमा भए गरेका सवारी दुर्घटनामा परि ज्यान गुमाएकाको परिवारजनलाई वोलाई स्वस्थी शान्ति सहितको रुद्राभिषेक पुजा आरधना गरिएको हो।
उत्त क्षेत्रमा आगमी दिनमा कुनै पनि दुर्घटना नहोस भन्ने कामना सहित पुजा पाठ गरि स्वस्थी शान्ति गरिएको टोल विकास सस्थाकी अध्यक्ष सरस्वती गौतमले जानकारी दिएकी छन्।सात जना करता रहेको पुजामा पण्डित गणेश अधिकारीले सहजिकरण गरेका थिए।