BREAKING NEWS

Tuesday, April 5, 2016

सिटी र ओमको नयाँ स्वरुप अाेम डेभलपमेन्ट बैंक लिमिटेडकाे काराेबार शुरु

पाेखरा, २२ चैत्र:
सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाईनान्स लिमिटेडले  सोमबारबाट राष्ट्रिय स्तरको विकास बैंक “ओम डेभलपमेन्ट बैंक लिमिटेड” को नामबाट कारोवार शुरु गरेको छ ।

संयुक्त कारोवार पछि बैंकको चुक्ता पुंजी १ अर्ब ५ करोड, निक्षेप १० अर्ब ८२ करोड, कर्जा ९ अर्ब २२ करोड पुगेको छ भने शाखा २५ वटा, एटिएम ३ वटा, कर्मचारी २१९ जना, ग्राहक संख्या करिब १ लाख तथा शेयरधनि संख्या १६,२७५ भएको छ ।

कार्यक्रम पोखरा उपमहानगरपालिकाद्धारा अघि सारिएको प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा कार्यक्रममा बैंकिङ्ग पार्टनरको रुपमा काम गर्ने तथा भुकम्पपिडीतहरुलाई सहुलियत दरको आवास कर्जा आब्हन पत्र प्रदान गरि समुद्घाटन गरियो ।

संयुक्त कारोवार पछि बैंकको प्रधान कार्यालय चिप्लेढुंगा, पोखरामा रहेकोे छ । बैंकको अध्यक्षमा सुशिल कुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा विश्वमोहन अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा बुद्धि मल्ल रहेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .