BREAKING NEWS

Saturday, April 9, 2016

नयाँ शक्ति लेखनाथमा नन्द बहादुर गुरुङ

लेखनाथ २७ चैत्र
सन्दिप पौडेल
नयाँ शक्ति लेखनाथ नगर कमिटिको संयोजकमा नन्द बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । कमिटिको सदस्यहरुमा उदिपराज ढुङ्गाना , डा.लक्ष्य बहादुर कुमाल , हस्त बहादुर कुँवर , तारा नाथ धिमिरे , लक्ष्मण अधिकारी, कृष्ण बहादुर रानाभाट , पुष्पा आचार्य क्षेत्री , दीर्ध नाथ ढुङ्गाना, बालकृष्ण गौतम, कमल थापा , महेश्वर बस्ताकोटी, बामदेव बास्तोला, रेवती लामिछाने , शिव प्रसाद तिवारी , शेरमान गुरुङ , ज्योती सुवेदी , विमला लामिछाने , निर्मल खड्का, इश्वर परियार , चन्द्र बहादुर कुमाल , रामकृष्ण त्रिपाठी, तुल बहादुर कुमाल, रमेश गुरुङ, लक्ष्मण गुरुङ चयन भएका छन् । नयाँ शक्ति नेपाल केन्द्रिय सचिवालय सदस्य एवम् प्रदेश नं.४का संयोजक देवेन्द्र पराजुलीको प्रमुख आतिथ्यत्यमा भएको अन्तरिम लेखनाथ कमिटि घोषणा कार्यक्रममा उनले नयाँ शक्ति नेपाल सम्पूर्ण मध्यम वर्गीय परिवारलाई माथि उठाउन लागि परेको बताए । उनले अव नेपाल आर्थिक क्रान्तिको बाटोमा लागेको र त्यसको नेतृत्व नयाँ शक्ति नेपालले गरेको कुरा बताए । सोही कार्यक्रममा नयाँ शक्ति नेपालका कास्की जिल्ला संयोजक हेम व थापा, केन्द्रिय परिषद् सदस्य देवी सुवेदी, लगाएतले वोलेका थिए । नयाँ शक्ति नेपाल कास्की क्षेत्र नं १ का संयोजक नारायणहरी तिवारीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा तिवारी केन्द्रिय सचिवालय सदस्यमा मनोनित भएको समेत जानकारी दिएएको थियो ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .