BREAKING NEWS

Thursday, April 28, 2016

यौन प्यास मेट्न नपाएपछि परिवारकै हत्या !

सल्यान १६ वैशाख। सल्यानको राना गाउँमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले सन्जय भारतीलाई पक्राउ गरेको हो ।

उनी राना गाउँकै हुन् र हत्या आरोपमा पक्राउ परेका भारती अन्दाजी १८ देखि २० वर्ष उमेरका छन् । छायाँक्षेत्र गाविस राना गाउँकी सीता खाँड, उनकी दुई छोरी र बहिनीको मंगलबार राति हत्या भएको थियो ।

यौन प्यास मेट्न नपाएपछि हत्या !

प्रहरीले कुकुरको सहयोगमा भारतीलाई पक्राउ गरेको हो । र, उनीसँग प्रारम्भीक बयान लिइसकिएको छ । भारतीले प्रहरीलाई दिएको बयानअनुसार उनले मंगलबार दिउँसो दाउरा चिर्ने काम सकाएपछि मादक पदार्थ सेवन गर्न गएका थिए । राति करिब ८ बजेतिर घर पुगेका उनी ओड्ने र ओछ्यान बोकेर सुत्न भन्दै बारीतिर लागे ।

मदिराले लठ्ठिएका उनी यौन प्यास मेट्न गाउँ पसे । त्यही क्रममा चार जनाको हत्या गरेको पाइएको छ । सल्यानका डीएसपी श्याम खत्रीका अनुसार भारतीले सुरुमा करिब २० मिटर तल रहेको एक घरमा बस्ने करिब ६० वर्षीया महिलासँग जर्बजस्ती यौन सम्बध राख्ने प्रयास गरेका थिए । तर प्रतिवाद गरेपछि गाईगोठमा रहेको किलाले आक्रमण गरेर घाइते बनाए ।

त्यसपछि उनी अर्को घरमा गए, जहाँ सीता खाँडसहित ४ जना महिला-बालबालिका मात्र थिए । मदिराले मात्तिएका भारतीले सीता खाँडसँग पनि त्यस्तै व्यवहार गरे । त्यसक्रममा विवाद भयो र भारतीले किलाले आक्रमण गरेर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सीताको हत्यापछि उनकी बहिनी गीता गिरीसँग जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरेको र असफल भएपछि आक्रमण गरेको पाइएको छ । उनले आक्रमणपछि पनि गीतासँग यौनसम्बन्ध राख्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले दुईजनाको हत्यापछि साढे दुई वर्षषा छोरी पवित्रा र ११ महिनाकी सविता खाँडको पनि हत्या गरेका थिए । सुरुमा २ वर्षीया पवित्राले चिन्न सक्ने भन्दै आक्रमण गर्दा ११ महिनाकी सविताको ज्यान गएको र त्यसपछि पवित्राको पनि हत्या गरेको पाइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .