BREAKING NEWS

Saturday, April 23, 2016

शानदार जीतसहित मनाङलाई पोखरा कपको उपाधि, आर्मी ५–० ले पराजित


पोखरा, ११ वैशाख
लक्ष्मी हुण्डाइ मनाङमस्र्याङदी क्लबले पोखरामा आयोजित पाँचौ मनकामना केवलकार पोखरा कपको उपाधि चुमेको छ । पोखरा रंगशालामा आज भएको फाईनल खेलमा विभागिय टिम आर्मी क्लबलाई ५—० को फराकिलो अन्तरले हराउदै मनाङले उपाधि जितेको हो ।
विजेता मनाङले उपाधि सहित नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैय नगद हात पारेको छ । उपविजेता आर्मीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ ।
मनाङलाई जिताउन अनिल गुरुङ र ओलावालेले दुई /दुई गोल गरे भने सुजल श्रेष्ठ एक गोल थपे । खेलको पहिलो मिनेटमै अनिलको गोलबाट अग्रता लिएको मनाङका लागि पुन: १० औं मिनेटमा उनले दोस्रो गोल गरे । ३० औं मिनेटमा सुजल श्रेष्ठको गोलले अग्रता तेब्बर पारेको मनाङको लागि ओलावालेले ३४ औं र ४९ औं मिनेटमा दुई गोल थपे ।
खेलको २३ औं मिनेटमा मैदानमा हातपात गर्ने मनाङका हेमन गुरुङ र आर्मी क्लवका सन्तोष तामाङ रातो कार्ड खादै मैदानबाट वाहिरिएपछि दुवै टिम १० खेलाडीमा सिमित भएका थिए । आर्मीले पाएका केहि अबसरलाई पनि सदुपयोग गर्न सकेन । मनाङ तीन महिना अघि पोखरा रंगशालामै सम्पन्न १४ औं आहा रारा गोल्डकपमा पनि आर्मीलाइृ हराउदै उपाधि चुम्न सफल भएको थियो ।
प्रतियोगितामा मनाङका टिम क्याप्टेन अनिल गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुदै मोटरसाईकल प्राप्त गर्न सफल भए । त्यस्तै मनाङका किरण चेम्जोङ उत्कृष्ट गोलकिपर, छिरिङ लोप्साङ उत्कष्ट प्रशिक्षक, कमल श्रेष्ठ उत्कृष्ट डिफेन्सको उपाधि सहित नगद १५ हजार प्राप्त गर्न सफल भए । त्यस्तै आर्मीका विमल राना उत्कृष्ट मिड फिल्ड तथा एपिएफका रञ्जन विष्ट र मनाङका ओलावालेले सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भए ।
प्रतियोगिताको विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्ट, एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .