BREAKING NEWS

Saturday, April 23, 2016

काठमाडौंमा सञ्चालित मेट्रो बसले एक महिनामै सत्तरी लाख कमायो


काठमाडौँ, ११ वैशाख-
काठमाडौँ उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा रु ७० लाख आम्दानी गरेको छ ।
गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले आजसम्मा ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।
उनका अनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा इन्टरनेटको सुविधा छ । स्टेसन डिस्प्ले भने यात्रुलाई उपलब्ध गराउन सकिएको छैन । अबको केही दिनमा नै उक्त सुविधा समेत यात्रुले पाउने छन् ।
स्टेसन डिस्प्लेका कारण यात्रुले बस चढ्नका लागि एप्स हेरेर आउने समय पत्ता लगाई बस स्टपमा जान सक्ने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ ।
उनन्चालिस बसका लागि प्रालिले रु १६ करोडको लगानी गरेको छ । सबै बसले चक्रपथको परिक्रमा गरिरहेका छन् । बस सञ्चालमा आएपछि साना यातायातको साधनबाट हुने ट्राफिक जाम पनि कम भएको प्रालिको जिकिर छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .