BREAKING NEWS

Tuesday, April 5, 2016

सामुदायिक भबन निर्माणका लागि लेखनाथमा महायज्ञ


महेन्द्र ढुंगाना
लेखनाथ,२३चैत।
लेखनाथ नगरपालिकाको वडा नं १४मा बहुउद्देश्यीय सामाजिक भवन निर्माणको सहयोगार्थ चैत २४ देखि बैशाख २ गतेसम्म श्रीम्द भागवत ज्ञान तथा पितृ उद्धार महायज्ञ गरिने भएको छ।

महायज्ञका बारेमा जानकारी दिने उदेस्यले मंगलबार राखिएको पत्रकार सम्मेलनमा महायज्ञको सम्पुर्ण तयारी पुरा भई उद्घाटनको संघारमा जुटेको जानकारी गराईएको थियो।

साझा सास्कृतीक समाज लेखनाथ १४को आयोजना तथा स्थानीय समाजीक संघ सस्थाको सहकार्यमा लेखनाथ १४को सातमुहाने साझा बजारमा हुन लागेको महायज्ञमा भागवत रसिक पुज्य गुरुदेव ऋषिराम पौडेलको मुखाराविन्दुबाट संगितमय कथा प्रवचन गर्ने भएका छन्।

साझा सास्कृतीक समाजका अध्यक्ष शिवराज ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रचार प्रसार संयोजक शंकरप्रसाद मरासिनीले महायज्ञको सम्पुर्ण तयार पु्रा भएको जानकारी गराउदै महायज्ञबाट बचत भएको रकमबाट अपुर्ण  रहेको समाजिक भवनलाई पुर्णता दिने जानकारी गराएका थिए।

महायक्षमा एक हजार आठ शालिग्राम परिक्रममा,कृष्ण लिला र रामचरीत्रमा आधाररित कथा वाचन,साहुहिक व्रर्तवन्धन र लक्ष्यदिप प्रज्वलन लगाएत दैनिक रुप्मा अन्य धार्मीक कार्यक्रमहरु गरिने भएको महायज्ञका संयोजक कप्तानराज पौडेलले जानकारी दिएका थिए।

रामनममी र नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको महायज्ञमा करिव एक करोड आर्थीक संकलन गर्ने लक्ष्य राखिएको छ।

चैत २४गते बुधवार हुने उद्घाटन समारोह पुर्व कलश यात्रा गरिने भएको छ भने कार्यक्रमको उद्घाटन नेपाल सरकारका भुमि सुधार राज्य मन्त्रि विक्रम बहादुर थापाले गर्ने भएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .