BREAKING NEWS

Friday, April 15, 2016

चिकित्सा विज्ञानलाई चुनौति ,विना अक्सिजन भूसमाधिमा वसेका गुरु आठौ दिनमा जिवितै निस्के


पोखरा ३ बैशाख ।
चिकित्सा विज्ञानले भन्छ ‘ विना अक्सिजन ३ मिनेट भन्दा बाच्न सकिन्न । ’ तर यो तथ्यलाई गलत सावित गर्दै पोखरामा एक योगी ८ दिन सम्म विना अक्सिजन बाँचेर देखाइदिएका छन् । गत चैत्र २६ गते भूसमाधिमा वसेका योगी शुक्रवार विहान जिवितै वाहिर निस्कदा सबै आश्चर्य चकित भए ।
सुनसरीका ४५ वर्षे सिद्धबाबा श्रीवैष्णव कृष्णदास जी महाराज श्रीरामानन्दाचार्य बिना अक्सिजन आठ दिन बाच्न सफल भएपछि सबैको जयजयकारको पात्र बने । अक्सिसज पनि नछिर्नेगरी बनाइएको वाकस र त्यसमाथिपनि दुई गज माटोले पुरिएर गत चैत २६ गते साझ साढे ६ बजेदेखि पोखराको रामघाटस्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठमा भूसमाधि बसेका उनी आज रामनवमीको दिन बिहान १० बजेर १५ मिनेटमा सबैलाई आश्चर्य पार्दै जिवितै बाहिर निस्केका छन् ।

समाधि वस्नु अघिको स्वास्थ्य अवस्था र निस्किदाको अबस्था जस्ताको तस्तै रहेको चिकित्सकले बताएका छन् । समाधिबाट निस्किएपछि केहिवेर वाहिर जम्मा भएका दर्शनार्थीलाई केहिवेर दर्शन दिएपछि उनी भित्र छिरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .