BREAKING NEWS

Sunday, April 10, 2016

लेखनाथ तेक्वान्दो डोजाङले गर्यो सम्मान


राजन परियार
चैत्र २७, लेखनाथ
लेखनाथ तेक्वान्दो डोजाङले यहि फाल्गुन १५,१६ र १७मा सम्पन्न “विश्व तेक्वान्दो हान्मादांग पोखरा” प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई सम्मान गरेको छ। रजत पदक प्राप्त गर्ने खेलाडीहरू पदम थापा, अनिता कुमाल र बसन्त भण्डारी, कास्यपदक प्राप्त गर्ने खेलाडीहरु अस्मित लो लामा, विकास गुरुङ, रेखमाया गुरुङ, ललित बहादुर धामी र बलराम लामालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। 


सोही कार्यक्रममा उत्कृष्ट खेलाडी सरस्वती गुरुङ लगायत जुनियर तथा थ्री डान सम्म प्राप्त गर्ने खेलाडीहरुलाई बेल्ट तथा सर्टि्फिकेट प्रदान गरिएको थियो। पुरस्कार वितरण गर्दै प्रमुख अतिथि लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठी, विशेष अतिथि कास्की जिल्ला तेक्वान्दो संघ उपाध्यक्ष राजु श्रेष्ठ, चक्रदेबी बहुमुखी सहकारी संस्थाका अध्यक्ष सोमलाल कँडेल लगायत अन्य अतिथिहरूले पनि बोल्नुभएको सो कार्यक्रम लेखनाथ तेक्वान्दो डोजाङका प्रमुख कुमार गुरुङ आफैले संचालन गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .