BREAKING NEWS

Saturday, April 2, 2016

लेखनाथमा क्षेत्रीय कँराते प्रतियोगिता हुने


कास्कीको लेखनाथमा क्षेत्रिय स्तरको कराँते प्रतियोगिता हुने भएको छ । नेपाल बुदोकाई कराँते संघ लेखनाथको आयोजनामा पश्चिमाञ्चल क्षेत्रिय पुरुष तथा महिला फुल कन्ट्रयाक्ट कराँते प्रतियोगिता हुन लागेको हो । नव वर्ष २०७३को आगमन सँगै बैशाख ५ र ६ गते दुइ दिवसिय रुपमा लेखनाथको रिठेपानीमा रहेको लिटल फलावर एजुकेशनल एकेडेमीको खेलमैदानमा प्रतियोगिता हुने भएको हो । 
प्रतियोगित सञ्चालन गर्ने बारे शनिवार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कराँते संघ लेखनाथका उपाध्यक्ष बेल बहादुर थापा मगरको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा कोषाध्यक्ष सरोज कुंवर , लिटल फलावर एजुकेशनल एकेडेमीका संस्थापक कमल खड्का प्रिन्सिपल प्रकाश पन्त लगाएतले खेलको महत्व बारेमा प्रस्ट पारेका थिए । खेल पर्यटनका माध्यमले लेखनाथलाई चिनाउने उद्धेश्यले आयोजित उक्त प्रतियोगिता सम्पन्न गर्न सुवेदार जग बहादुर गुरुङको संयोजकत्वमा मुल आयोजक समिति सहित, प्रदिप गुरुङको संयोजकत्वमा अर्थ संकलन उपसमिति , विष्णुहरि पौडेलको संयोजकत्वमा  प्रचार प्रसार उपसमिति , क्याप्टेन गणेश प्रसाद गुरुङको संयोजकत्वमा व्यवस्थापन उपसमिति , धन कुमारी गुरुङको संयोजकत्वमा आमा समुह परिचालन तथा स्वागत सत्कार उपसमिति र सुरज जङ राणाको संयोजकत्वमा कार्य सम्पादन तथा मुल्याङ्कन उपसमितिहरु गठन गरिएका र आवश्यकता अनुसार थप गर्न सकिने बताइएको छ । 
विष्णुहरि पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षक सुवास खड्काले धन्यवाद ज्ञापन गरेका थिए । विभिन्न तौल समुहमा खेलाइने उक्त प्रतियोगितामा पश्चिमाञ्चलका विभिन्न जिल्लाहरुबाट खेलाडिहरुको सहभागिता रहने आयोजकले बताएको छ । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .