BREAKING NEWS

Friday, April 8, 2016

चिकित्सा विज्ञानलाई चुनौती दिँदै बिना अक्सिन समाधिमा ‘बाबा’ कृष्णदास


काठमाडौं । राष्ट्र र मानवकल्याणका लागि भन्दै सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य अक्सिजन भूमि समाधिमा बसेका छन् । चैत २६ गते देखि पोखराको रामघाटस्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा कार्यालयमा बैशाख ३ गते सम्मका लागि बिना अक्सिजन समाधिमा लागेका कृष्णदासजी महाराज ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस प्लास्टिकले बेरे पछि माटोले पुरेर समाधिमा बसेका हुन्।


उनी बसेको बाकसमा भित्र अक्सिजन छिर्न नदिन बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको छ भने बाकसलाई ४ वटा साँचो लगाइएको छ। यसअघि पहिलो पटक २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूमि समाधि बसेको स्थानमा अहिले उनका अनुयायीको घुईंचो नै लागेको छ । कृष्णदासजी महाराजको यो कदमलाई चिकित्सा विज्ञानलाई चुनौती दिएको भन्ने संज्ञा दिइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .