BREAKING NEWS

Monday, April 18, 2016

पश्चिमाञ्चल क्षेत्रीय कराँतेमा कास्कीकै बर्चश्व



लेखनाथ ७ वैशाख
कास्कीको लेखनाथ २ रिठ्ठेपानीमा  सम्पन्न  पश्चिमाञ्चल क्षेत्रिय पुरुष तथा महिला फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा  कास्कीकै बर्चश्व कायम भएको छ । उक्त कराँते प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै सांसद यज्ञ बहादुर थापाले खेलकुदको बिकासको लागी राज्यले खेलाडी हरु लाई सक्दो सहयागे गर्नु पर्ने बताए ।  सोही कार्यक्रममा लेखनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत लोक वहादुर  भण्डारी ,  नेपाली काग्रेस लेखनाथ नगर सभापती राजेन्द्रमणी लामीछाने, अखण्ड नेपाल लेखनाथ नगर अध्यक्ष मोती गिरी, लगाएतले खेलकुदको महत्वको वारेमा  वोलेका थिए ।  
उक्त कराँते प्रतियोगितामा पुरुष ३० केजी तौल समुहमा  स्वरुप रावत कास्कीले प्रथम , एलेक्स गुरुङ्ग कास्कीकै द्धितिय भएका थिए भने कास्कीकै चुबिन्द्र गुरुङ र निशान प्रधान तृतिय भएका थिए ।  ३५ केजी पुरुष तर्फ इन्द्र व थापा (कास्की) पहिलो र सम्राट सेन (कास्की) दोस्रो भए भने असिम गोरखाली कास्की तथा अभिनास अधिकारी श्याङजाले तेस्रो स्थान हासिल गरे । ४० केजी पुरुष तर्फ सुशान्त गुरुङ्ग (कास्की), पहिलो र सुमन वराम (पर्वत) दोस्रो) र श्याङजाका सुमन पर्तेल र पर्वतका किस्मत गुरुङ तस्रो  भएका छन् । ५० केजी पुरुष तर्फ  कास्कीका अर्जुन बराम पहिलो र कास्कीकै विनोल नेगी दोस्रो भए भने श्याङ्जाका मधुसुधन रेग्मी र कास्कीका अनिल बराम तेस्रो भएका छन् ।  त्यसै गरी पुरुष ५५ केजी तर्फ कास्कीका गणेश अधिकारी प्रथम , बाग्लुङका महराज आचार्य द्धितिय तथा कास्कीका क्रमश विक्रम नेपलाी र मन्दिप नेपाली तृतिय हुन सफ भए । खेलमा खुल्ला पुरुषमा बाग्लुङका हयन्द्र अडाइ मगर प्रथम , गोरखाका  अशोक मोक्तान द्धितिय भएका छन् भने काठमाण्डौका नरेश चौधरी र म्याग्दीका निर्मल तृतिय स्थान हाँसिल गर्न सफल भएका छन् । महिला ४५ केजी सुस्मा थापमा मगर कास्कीका प्रथम, कास्कीकै सुनिता गुरुङ द्धितिय , काठमाण्डौकी अन्जना ढुङ्गेल र कास्कीकी एलिसा बराल तृतिय भएका छन् ।  ३५ केजी मुनी महिला तर्फ कास्कीका मुना पुन प्रथम, कास्कीकै सर्गम कुमाल द्धितिय र कास्कीकै रुवि क्षेत्रिसदिक्षा कुमाल तृतिय हुन सफल भए ।  खुल्ला महिला तर्फ सुस्मी श्रेष्ठ श्याङजा प्रथम, सुनिता गुरुङ कास्की द्धितिय तथा म्याग्दकी खिम मायाँ पुन र कास्कीकी मधु अधिकारी तृतिय भएका छन् । 
कार्यक्रममा उत्कृष्ट खेलाडी पुरुष तर्फ नरेश चौधरी र महिला तर्फ मुना पुन भएका प्रचारप्रसार उप समितिका संयोजक विष्णुहरि पौडेलले जानकारी दिए ाकार्यक्रम मुल समितीका संयोजक सु जंग वहादुर गुरुङ्गको सभापतीत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशिक्षक सुवास खड्का, प्रकाश पन्त र जानुका पराजुलीले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .