BREAKING NEWS

Saturday, April 30, 2016

वेगनास फिस फेष्टीवलमा दिपकले हसाए दर्शकलाई


हास्य प्रहसन प्रस्तुत गर्दै चर्चित हास्य कलाकार दिपकराज गिरी।


लेखनाथ ,१८ वैशाख ।
सुक्रवार देखि सुरु भएको दोस्रो वेगनास फिस फेस्टिबलको दोस्रो दिन चर्चित हास्य कलाकार दिपकराज गिरिले दर्शकलाई भरपुर्ण मनोरङजन दिदै हसाएका थिए।

दिउसो मध्यन्न तिर स्टेजमा चडेका गिरिले आधा घण्टासम्म युवा र युवतीहरु प्रति लक्ष्यीत हुदै उपस्थित दर्शकलाई पेट मिचि हसाउन सफल भएका थिए।

धेरै समय देखि बाहिरका कार्यक्रममा नदेखिएका गिरिले लेखनाथबासीको माया र याहाँको प्राकृतीक सुन्दरतालाई देखेर आएको कुरा सुनाउदै राष्टियका विषयमा ब्याङगात्मस सैलीमा हास्य प्रहसन प्रस्तुत गरेका थिए।

यसै गरि सुक्रवार हास्य कलाकार छन्दे र विमलीको पनि विजोड हास्य प्रहसन रहेको थियो भने लोक दोहोरी तर्फ पुरुशोत न्यौपाने,प्रिती आले,संकर विरही गुरुङ,राजन कार्की,शिवहरी ढुगाना,प्रेम वस्याल टेक क्षेत्री,लक्ष्मी नेपाली,मञ्जु विक लगाएतको दोहोरी गितमा दर्शकहरु भुमेको देखिन्थो।

यसै गरि साझ पख राखिएको पप कन्र्सटमा युवा युवाहरु मनोज गुरुङ र नरजंग गुरुङको प्रस्तुतीमा भरपुण मनोरङजन लिदै नाचेको देखिन्यो।

“वेगनास जाऔं, माछाका परिकारमा रमाऔं“ भन्ने मूल नाराका साथ शुक्रवार देखि बेगनासताल किनारामा सुरु भएको फेस्टिवलको दोस्रो दिन सम्मामा करिव २५सय केजी माछा विक्रि भएको माछा प्रदर्शनी उप समितीका संयोजक झलक जलारीले जानकारी दिएका छन्।

होटल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथको आयोजनामा भएको सो  फेष्टीवलमा दिपाङ वेगनास र रुपातालमा पाइने २३ थरीका माछाका परिकारहरु वनाएर दर्शकहरुलार्ई खुवाउनुको साथै  ती सवै जातका  जिवित माछाको प्रदर्शन समेत गरिएको मुल संयोजक दामोदर भत्त थापाले जानकारी दिएका छन्।
   
फेस्टिवलमा यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडिवुटीहरु र पर्यटकीयस्थलहरुको प्रचार प्रसार तथा स्थानीय जातका माछाहरुको संरक्षण एवं आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्नु  महोत्सवको मूख्य उद्धेश्य रहेको होटल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथका महासचिव विरभद्र कडेलको भनाई रहेको छ।

फेष्टीवल यही वैशाख १९ गतेसम्म चल्ने छ । सो फिस फेष्टीवलमा   २५ वटा विभिन्न स्टलहरु राखिएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .