BREAKING NEWS

Tuesday, April 5, 2016

बसको झ्यालबाट टाउको निकाल्दा ज्यान गयो


गंगालला गुरुङ, चैत २३ चितवन 
चितवनको दारेचोकमा  मंगलवार भएको सवारी  दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । धादिङबाट पोखरा जादैँ गरेको  ग १ ख ६१८५ नम्बरको बसमा सवार  धादिङ सल्यान्टारका  २३ बर्षिया  नानुमाया परियारको ज्यान गएको हो । विपरीत दिशाबाट   आईरहेको  ना ४ ख  ४१४३ नम्बरको ट्याङ्करले  चितवनको दारेचोक ९  पानी धारामा आज  दिउसो २ बजे   ठक्कर दिदाँ परियारको मृत्यु भएको  हो ।   नानी माया परियारले गुडिरहेको बसको झ्यालबाट  टाउको बाहिर निकाल्दा विपरीत दिशाबाट आएको ट्याङ्करले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । 
घाइते  परियारलाई  उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो तर अस्पतालले  भने उपचारको लागि ल्याउदा ल्याउदै बाटोमा नै मृत्यु भएको  घोषणा गरेको  ईलाका प्रहरी कार्यालय मुग्लिङका इन्चार्ज प्रहरी निरक्षक भोला कुमार भट्टले जानकारी दिए । ट्याङकर र 
चालकलाई प्रहरीले नियान्त्रणमा  लिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .