BREAKING NEWS

Tuesday, April 5, 2016

विद्यार्थी संख्या तोकिए अनुसार नपुर्याउने विद्यालय समायोजन गर्ने जिल्ला शिक्षा समितिको निर्णय

२०७२ चैत्र २२ गते नि स्थानीय विकास अधिकारीको अध्यक्षतामा बसेको जिल्ला शिक्षा समितिले गरेका निर्णयहरु 

१.    प्रस्ताव नं एकको सम्वन्धमा छलफल गर्दा यस भन्दा पहिला मिति २०७२ फागुन १० गते बसेको जिल्ला शिक्षा समितिको  बैठक पछि भएका शिक्षा सम्वन्धी गतिविधिको बारेमा छलफल गरियो । जिल्ला शिक्षा अधिकारीकोे अध्यक्षतामा सहायक जिल्ला शिक्षा अधिकारी, शिक्षकका पेशागत सस्थाका प्रमुखहरु समेतको उपस्थितिमा बसेको सामाजिक सम्वाद समितिको बैठकले गरेका निर्णयहरु, जिल्ला पाठ्यक्रम⁄ पाठ्यपुस्तक वितरण व्यवस्थापन तथा अनुगमन समितिको बैठकले गरेका निर्णय, स्रोतव्यक्ति वि.नि.को नियमित बैठकबाट गरेका विभिन्न शैक्षिक सुधार सम्वन्धी निर्णयहरुको बारेमा छलफल  र समिक्षा गरियो । 
२.    प्रस्ताव नं दुईमा छलफल गर्दा भर्नाअभियान २०७३ सफल पार्ने, विद्यालय उमेरका सवै वालवालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने, नगरपालिका तथा गा.वि.स.हरुमा सबै वालवालिका विद्यालयमा भर्ना गरी आधाारभुत शिक्षा सुनिश्चित भएको घोषणा गर्ने र जिल्ला तहमा व्यापकरुपमा अभियान सञ्चालन गरी विद्यालय उमेरका सवै वालवालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने र जिल्लालाई नै २०७३ भित्र निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणको लागि तयारी गर्ने । साथै यस कार्यलाई सफल पार्न सवै गा.वि.स. तथा नगरपालिका र सवै सरोकारवालाहरुमा अनुरोध गर्ने निर्णय गरियो ।
३.    प्रस्ताव नं तीनमा छलफल गर्दा नयाँ शैक्षिक सत्र २०७३ मा कास्की जिल्लाको समग्र शैक्षिक सुधार गर्न,सामुदायिक विद्यालयहरुमा समुदायको विश्वास प्राप्त गर्न, शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि पठनपाठनहुने दिन र समय बृद्धि गर्ने, शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोग गर्ने, सवै विद्यालयहरुमा शैक्षिक योजनाहरु निर्माण गर्ने, शैक्षिक सामग्रीको प्रयोग बढाउने, शिक्षक कर्मचारीलाई बढी जिम्मेवार बनाउने जस्ता कार्यहरु गर्ने गराउने निर्णय गरियो । 
४.    प्रस्ताव नं चारमा छलफल गर्दा विद्यालय समायोजन निर्देशिका अनुसार तोकिए बमोजिम विद्यार्थी संख्या नपुगेका विद्यालयहरुलाई विद्यार्थी संख्या पुर्याउन बैशाख अन्तिम साता सम्मको समय दिई विद्यालयहरुलाई पत्रचार गर्ने त्यतिवेला सम्म पनि विद्यार्थी संख्या तोकिए अनुसार नपु¥याउने विद्यालय समायोजन गर्ने, समायोजन गर्दा भौगोलिक दुरीको कारणले विद्यार्थीहरु अर्को विद्यालयमा जान सक्ने सम्भावना नरहेमा त्यस्ता विद्यालयहरुलाई समायोजन गर्ने विषयमा विचार गर्ने निर्णयो गरियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .