BREAKING NEWS

Monday, April 4, 2016

लेखनाथमा मृत अवस्थाको बाघ भेटियो

भीमपाणि बराल
लेखनाथ,२२चैत।
लेखनाथ नगर पालिकाको वडा नं ६को अर्चलले र कालीका गाविसको वडा नं ३ गडुवा खोलाको सिनार डिहि टारीको कुलाको मुहानमा मृत अवस्थाको बाघ भेटिएको छ।
करिव चार पाँच दिन अगाडी अमाई टारीको पुछारको बनको कुनामा मरेको बहेस्य बाघलाई स्थानीयहरुले दाउरा काट्न जादा सोमवार मात्र देखेपछि प्रहरीलाई खवर गरेका थिए।
सुरुमा बाघ देखे पछि हामीहरु त डरायौ तर पछि दुई चार जनाको सहयोगमा हल्ला खल्ला गर्दै गएर हेर्दा त बाघ मरेको देखेपछि सुरक्षा निकायलाई खवर गरेका हौं बनका हरालो बावुराम पौडेलले बताएका छन्।  
स्थनीयले दिएको खवर पछि डाडाकोनाक प्रहरी चौकीका ईन्चार्ज मित्रवहादुर  भण्डारीको नेतृत्व र स्थानीयवासीको सहभागीतामा गएको टोलीले स्थलगत अवलोकन गरि भिरवाट खसेर घाईते भएको वाग आफै मरेको निश्कर्ष निकालेका थिए।
मरेको बाघ भेटिए पछि सुरक्षा निकायले ईलाका वन कार्यालय डाडाकोनाकलाई खवर गरि बुझाएका हौं ईन्चार्ज भण्डारीको भनाई रहेको हाम्रा सहयोगी पत्रकार भीभपाणि बरालको समाचारमा उल्लेख गरिएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .