BREAKING NEWS

Thursday, April 28, 2016

खसीको मासु भनि बाख्रीको मासु बेच्ने पक्राउ

पोखरा १६ बैशाख । पोखरामा खसीको मासु भनेर बाख्रीको मासु बेच्ने पक्राउ परेका छन् । नन्दु फ्रेस हाउस एण्ड सप्लायर्स पोखरा ५ जिरो किलोमिटरका सञ्चालक बिरेन्द्र शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खसी (बोका) को मासु भनी बाख्रीको मासु बिक्री बितरण भईरहेको बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शाहको फ्रेस हाउस खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ५० केजी बाख्रीको मासु फेला पारिएको थियो ।

भारत रक्सौल पलानवा १३ घर भई पोखरा ५ बस्ने ३१ बर्षीय शाहले नन्दलाल प्रसाद रौनियरको नाममा दर्ता भएको सो पसल सञ्चालन गर्दै आएका थिए । उनलाई जिल्ला प्रशासन कार्यालयबाट कालोबजारी मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .