BREAKING NEWS

Sunday, April 10, 2016

एल आईसीको मृतुदावी विमा रकम हस्तान्त्रण

म्याग्दीको सोले घोप्टेभिरमा तारा एयरको जाहाज दुर्घटनामा परि ज्यान गुमाएका बाग्लुङ जिल्ला पाला गाविस तितैरे वाड नं ८ निवासी बालकृष्ण निउरेको परिवारलाई मृतुदावीको विमा रकम हस्तान्त्रण गर्दै एल आई सी नेपालका एजेन्सी मेनेजर केदारनाथ अधिकारी। तस्विर भीमपाणि बराल

लेखनाथ,२८चैत।
गत फागुन २२ गते म्याग्दीको सोले घोप्टेभिरमा तारा एयरको जाहाज दुर्घटनामा परि ज्यान गुमाएका बाग्लुङ जिल्ला पाला गाविस तितैरे वाड नं ८निवासी कोष तथा लेखा नियन्त्रण कार्यलय मुस्ताङमा कार्यरत बालकृष्ण निउरेको परिवारलाई मृतुदावीको विमा रकम हस्तान्त्रण गरिएको छ।
मन भरिको भक्कानो र आखाँ भरि टल्पलिएका आँसुमा स्वर्गीय बाल कृष्ण निउरेका ६३ वर्षिय  वुवा जिवनाथ निउरेलाई एल आई सी नेपालका एजेन्सी मेनेजर केदारनाथ अधिकारीले ५१लाख ८७हजार आठ सय ७५ रुपियाँको चेक हस्तान्त्रण गरेका हुन्।
चेक हातमा लिदै वुवा जिवनाथले अमिलो मन र गहभरिको पिडामा (तितैरे गाविसको सोली घोप्टे भिर जति पैसा भएपनि रहिरहन्छ छोराको पीर) लयात्मक सैलीमा पिडा पोखेपछि त्यहाँ उपस्थित सवैमा मौनता छाएको थिए।
स्वर्गीय निउरेले छ महिना अगाडी कार्तीक महिनामा २५लाखको ३०वर्षिय विमाको ७१हजार आठ सय ७५रुपियाँ मात्र वुझाए पनि उनका आश्रीतलाई ५१ लाख ८७ हजार आठ सय ७५ रुपियाँको चेक हस्तान्त्रण गरीएको हो।
बुडेसकालको साहाराका रुपमा रहेका एक मात्र छोराको पनि ज्यान गुमेपछि पिडामा परेका वुवा जिवनाथ र आमा कोपिलाको साहारा नै विमा रकम भएको छ ।निउरे परिवारले विमाबाट आएको केहि रकमलाई सामाजीक क्षेत्रमा र बाकी रकम बुडेसकालको साहारा हुने वताएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .