BREAKING NEWS

Tuesday, April 5, 2016

कालीकाचोक टोल विकास सस्थाको अध्यक्षमा गौतम


महेन्द्र ढुंगाना
लेखनाथ,२३चैत।
कालीकाचोक टोल विकास सस्था लेखनाथ ३ र ५ को मंगलवार सम्पन्न प्रथम अधिवेसनले आगामी कार्यकालको लागि पुन सरस्वती गौतमको अध्यक्षमा नौ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा गोमा पतानी,सचिवमा सविता भण्डारी,सह सचिवमा मधु ढुंगाना ,कोपाध्यक्षमा ईन्दु अधिकारी र सह कोषाध्यक्षमा लक्ष्मी ढुंगाना रहेकी छन् भने समितिको सदस्यहरुमा डिलमायाँ गुरुङ,ईन्दिरा वंजरा र अनिता बराल रहेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ नगरपालिका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले बिकासमा लागि जनसहभागिता हुन सके जस्तो सुकै काम पनि सम्भव हुने धारणा राख्दै टोल विकास सस्थाले अगाडी सारेको  अध्यारो मुत्तटोल र बालश्रम मुत्त टोल निमार्णको अभियानमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने धारणा राखेका थिए।

सस्थाकी अ्रध्यक्ष सरस्वती गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिकाका ईन्जिनियर जगन्नाथ कोईराला,नेपाली काग्रेसका महाधिवेसन प्रतिनिधी गिरिराज गौतम,नेपाल महिल संघ कास्कीकी अध्यक्ष कोपिला रानाभाट,नगर स्तरिय टोल विकास सस्थाका संयोजक छविलाल लामिछाने,सचिव शौलेन्द्र मोहन भट्राई,जनप्रिय सहकारी सस्थाका अध्यक्ष मुरारी वराल,जल्धारे सहकारीका कोषाध्यक्ष जगन्नाथ ढुंगाना,अल्फा बोर्डिङका प्रिन्सिपल रमेश पौडेल,सदस्य राजेन्द्रराना भाट,ओमबहादुर बंजरा लगाएतले आफनो धारणा राखेका थिए।

सस्थाका कोपाध्यक्ष सविता भण्डारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गोमा पतानी र धन्यवाद ज्ञापन सह सचिव ईन्दु अधिकारीले गरेकी थिईन ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .