BREAKING NEWS

Friday, April 8, 2016

शिवेश्वर मन्दिरमा देवि भागवत महापुरण

भीमपाणि बराल
लेखनाथ,२६चैत।
कास्कीको लेखनाथ नगरपालिका वडा नं १ भण्डारढिकमा रहेको शिवेश्वर मन्दिरमा रामनवमीको अवसर पारेर श्रीमद् देवि भागवत महापुराण ज्ञान महायज्ञ संचालन गरिएको छ।
शिवेश्वर सनातन धर्म सेवा समिति लेखनाथको आयोजना र शिवेश्वर महिला समुह एवंम लगनसिल महिला समुहको सहभागितामा वषन्ती नवरात्रीका बारेमा धार्मीक प्रवचन सहितको ज्ञान महायज्ञ संचालन गरिएको सनातन धर्म सेवा समितिका अध्यक्ष देवमणि भण्डारीले जानकारी दिएका छन्।
बैशाख ३गते सम्म चल्ने श्रीमद् देवि भागवत महापुराण ज्ञान महायज्ञमा बेदान्त वाचिका बाल बिधुषी सुश्री यमुना सोतीले संगितमय धार्मीक प्रवचन दिने कार्यक्रम रहेको छ।
महायज्ञ कै पुर्व सन्ध्यामा सुक्रवार मन्दिर परिसरबाट आदर्शचोक,तालचोक,शिसुवा हुदै पुन मन्दिर परिसरसम्म कलश यात्रा गरिएको कलश यात्राका संयोजक माहादेव गिरीले जानकारी दिएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .