BREAKING NEWS

Sunday, April 3, 2016

बेगनास फिस फेस्टिवलका लागि बिभिन्न उप समिति गठन



भीमपाणि बराल
लेखनाथ,२१ चैत।
आन्तरिक एवं वाह्रय पर्यटन प्रर्वद्धन एवंम वेगनास तथा रुपातालताल क्षेत्रको साथै समग्र लेखनाथ नगर क्षेत्रको पर्यटन प्रर्वद्धनलाई टेवा पुर्याउने उदेस्यले बैशाख १७ देखि १९ गते सम्म दोस्रो वेगनास फिस फेस्टिबल गरिने भएको छ।
होटल तथा रेष्टुरेण्ट एशोसिएसन अफ लेखनाथको मुख्य व्यवस्थापन र स्थानीय समाजीक संघ सस्थाको सहयोगमा संचालन हुन लागेको फेस्टिवललाई ब्यवस्थीत र प्रभावकारी बनाउनका लागि एशोसिएसनका अध्यक्ष दामोदर भक्त थापाको संयोजकत्वमा बिभिन्न उप समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ।
लेखनाथ नगरपालिका वडा नं ११को बेगनासताल किनारामा हुने फेस्टिवलले लेखनाथ नगरपालिकामा आन्तरीक तथा वाह्य पर्यटकको आर्कषक गतव्य स्थल वनाई र पर्यटन व्यवसायलाई यस क्षेत्रको मूल आर्थिक श्रोत वनाउने लक्ष्य राखेको छ।
फेस्टिलका मुख्य उदेस्यहरुमा यस क्षेत्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्र्ने,आन्तरीक तथा वाह्रय पर्यटनलाई प्रर्वद्धन गर्ने,यस क्षेत्रमा पाईने माछा, मह, कफी, जडीवुटीहरुको प्रचार प्रसार गर्ने,स्थानिय माछाहरुको संरक्षण गर्ने साथै यस क्षेत्रमा पाईने माछाहरुको जानकारी गराउने भएको छ।

लेखनाथ भ्रमण वर्ष २०७२÷७३ लाई सफल बनाउनको लागि आवश्यक पर्ने प्रचार प्रसार गरि लेखनाथलाई उपयुक्त पर्यटकिय स्थल बनाउने मुल उदेस्यका साथ राखिएको फेस्टिवलमा महिला तथा पुरुष खुल्ला डुंगा दौड प्रतियोगिता, माछा तथा खानाका स्टलहरु,माछा , मह तथा कफी प्रर्दशनी,जडीबुटी प्रर्दशनी,पप कन्सर्ट, लोकदोहोरी साथै स्थानिय सा“स्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने भएको छ भने साथमा भेषभूषा तथा झा“की प्रर्दशनी,खुल्ला पौडी प्रतियोगिता र एंगलीङ (माछा मार्ने) प्रतियोगिता राखिने भएको संयोजक थापाले जानकारी दिएका छन्।

फेस्टिवल संचालनका लागि करिव ९ लाख खर्च हुने र करिव १२ लाख आम्दानी भई ३ लाख वचत हुने अपेक्षा राखिएको छ ।वचत रकमको ३० प्रतिशत रकम  वेगनास तालको संरक्षण तथा सरसफाईमा खर्च गरिने  साथै  वेगनासताल रुपाताल जलाधार क्षेत्रको संरक्षणको लागि खडा गरिने संरक्षण कोषमा समेत रकम जम्मा गरिने भएको छ।

फेस्टिबलमा करीब ७० हजार दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने र करिव पचास लाख बरावरको आर्थीक कारोवार हुने अपेक्ष्या गरिएको छ।

फेस्टिबलको सह–संयोजक एवं डुंगा दौड प्रतियोगिता संचालन उप समितिको संयोजक ढक नाथ कंडेल,महासचिवमा विरभद्र कंडेल,कोषाध्यक्षमा कृष्ण प्रसाद तिमिल्सेना,निर्देशक तथा आर्थिक व्यवस्थापन उप समिति ÷प्रचार प्रसार उपसमिति संयोजकमा दुर्गा प्रसाद अधिकारी ,निर्देशकमा किरण राज खनाल,सामाजिक संघ संस्था परिचालन उप समिति संयोजकमा नगर टोल विकास समन्वय समितिका अध्यक्ष छवि लामिछाने, अतिथी सत्कार उपसमिति तथा महिला समुह परिचालन उपसमिति  संयोजकमा वेगनासताल महिला समुह, फुल माला तथा व्याज वितरण उप समिति संयोजकमा पिप्ले महिला समुह,पौडी प्रतियोगिता संचालन उप समिति संयोजकमा गोविन्द जलारी,एंगलिङ प्रतियोगिता संचालन उप समिति संयोजकमा इन्द्र वहादुर गुरुङ रहेका छन् ।

यसै गरि कलाकार तथा साउण्ड सिष्टम व्यवस्थापन उप समिति संयोजकमा अर्जुन लम्साल,सुरक्षा व्यवस्थापन उप समिति संयोजकमा सामुदायिक सेवा केन्द्र लेखनाथ, मिडिया परिचालन उप समिति संयोजकमा लेखनाथ पत्रकार मञ्च,प्राथमिक उपचार सेवा उप समिति संयोजकमा सामुदायिक लायन्स अस्पताल, युवा तथा स्वयं सेवक परिचालन साथै पार्किगं व्यवस्थापन उप समिति संयोजकमा वेगनास युवा क्लव,यातयात व्यवस्थापन उप समिति संयोजकमा बेगनासताल वस व्यवसायी समिति,गेट तथा स्टेज निर्माण उप समिति संयोजकमा लेखनाथ हार्डवयर एशोसियसन, सरसफाई उप समिति संयोजकमा वेगनासताल वजार व्यवस्थापन समिति,माछा व्यवस्थापन उपसमिति संयोजकमा वेगनास मत्स्य व्यवसायी समिति,माछा प्रर्दशनी व्यवस्थापन समितिको संयोजकमा वेगनास मत्स्य अनुसन्धान केन्द्र,मायाको चिनो र प्रसंशा पत्र व्यवस्थापन उप समिति संयोजकमा लेखनाथ वर्ड तथा इको टुरिज्म सोसाइटीलाई राखिएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .