BREAKING NEWS

Friday, April 29, 2016

आज देखि तीन दिने बेगनास फिस फेस्टिबल सुरु

भीमपाणी बराल
लेखनाथ,१६ बैशाख।

बेगनास जाऔं माछाका परिकारमा रमाऔं भन्ने मुल नाराका साथ आज सुक्रवार देखि दोस्रो वेगनास फिस फेस्टिबल सुरु हुदैै छ।
होटल तथा रेष्टुरेण्ट एशोसिएसन अफ लेखनाथको आयोजना र बेगनास ढुङ ब्यवसायी समिति एवंम बेगनास ताल बस संचालक समितिको सह आयोजकमा बैशाख १७ देखि १९ गते सम्म फिस फेस्टिवल हुन लागेको हो।
समग्र लेखनाथ नगर क्षेत्रको आन्तरिक एवं वाह्रय पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उदेस्यले बेगनास ताल किनारमा आयोजना हुन लागेको फेस्टिबलमा यस क्षेत्रमा पाईने करिव २३ जातका माछाका परिकार तथा आला माछा पाईने भएको छ। 
प्रबेश टिकट निःशुल्क राखिएको फिस फिस्टीवलमा करीब ७० हजार दर्शकहरुले प्रत्यक्ष रुपमा फेस्टिबलको अवलोकन गर्ने र करिव पचास लाख बरावरको आर्थीक कारोवार हुने अपेक्ष्या आयोजकहरुले गरिएका छन्। 
तीन दिनसम्म चल्ने फेस्टिलले मुख्यतय यस क्षेत्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्र्ने,आन्तरीक तथा वाह्रय पर्यटनलाई प्रर्वद्धन गर्ने,यस क्षेत्रमा पाईने  स्थानीय जातका माछा, मह, कफी, जडीवुटीहरुको प्रचार प्रसार गर्ने र लेखनाथ नगर  क्षेत्र भित्र रहेका तालहरुको  संरक्षणमा सहयोग पु¥याउने लक्ष्य राखेको छ। लेखनाथलाई उपयुक्त पर्यटकिय स्थल बनाउने मुल उदेस्यका साथ राखिएको फेस्टिवलमा महिला तथा पुरुष खुल्ला डुंगा दौड प्रतियोगिता, माछा तथा खानाका स्टलहरु,माछा,मह तथा कफी प्रर्दशनी,जडीबुटी प्रर्दशनी,पप कन्सर्ट, लोकदोहोरी साथै स्थानिय सा“स्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने भएको छ भने साथमा भेषभूषा तथा झा“की प्रर्दशनी,खुल्ला पौडी प्रतियोगिता र एंगलीङ (माछा मार्ने) प्रतियोगिता समेत राखिएको फिस फिस्टीवलका मुल संयोजक दामोदर भक्त थापाले जानकारी दिएका छन्।

बेगनासताल बस पार्क देखि ताल किनारा मन्धरे पार्क हुदै तालको बाध किनारमा सम्म हुने फिस फिस्टीवलको पुर्ब सन्धामा विहिवार बेगनासताल बजार ब्यवस्थापन समिति र स्थानीयहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्मन्न भएको सर सफाई संयोजक उमाकान्त तिमिल्सेनाले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .