BREAKING NEWS

Friday, April 29, 2016

दोस्रो वेगनास फिस फेष्टीवल शुरु (फोटो सहित)

 भीमपाणि बराल  
लेखनाथ १७ वैशाख ।
“वेगनास जाऔं, माछाका परिकारमा रमाऔं“ भन्ने मूल नाराका साथ आजदेखि  लेखनाथ नगरपालिकाको वेगनासतालमा दोश्रो वेगनास  फिस फेष्टीवल शुरु भएको छ ।
होटल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथको आयोजनामा भएको सो  फेष्टीवलमा त्यस ठाउंमा रहेका दिपाड०, वेगनास र रुपातालमा पाइने २३ थरीका माछाका परिकारहरु वनाएर दर्शकहरुलार्ई खुवाउनुको साथै  ती सवै जातका  जिवित माछाको प्रदर्शन समेत गरिने छ ।
यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडिवुटीहरु र पर्यटकीयस्थलहरुको प्रचार प्रसार तथा स्थानीय जातका माछाहरुको संरक्षण एवं आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्नु  महोत्सवको मूख्य उद्धेश्य रहेको छ
महिला तथा पुरुष खुल्ला डुंगा दौड, माछा तथा खानाका स्टल, माछा र मह तथा कफी एवं जडिवुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक  दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम  फेष्टीवलमा प्रस्तुत गरिने छ ।
आज भएको डुंगा दौड प्रतियोगितामा पुरुष तर्फ प्रथम पुष्प जलारी र महिला तर्फ प्रथम बिना मगारान्ति भएका छन्।

फेष्टीवल करीव ७० हजार  दर्शकले  अवलोकन गर्ने र ५० लाख भन्दा वढीको आर्थिक कारोवार हुने वताइएको छ ।फेष्टीवल अवधिभर बेगनास,रुपा र दिपाङ तालवाट  तीन देखि चार टनसम्म माछा खपत हुने र  महोत्सवमा आउने दर्शकहरुलाई स्थानीय स्तरकै माछाको स्वाद चखाउने आयोजकले जनाएका छन् ।
सासद यज्ञ वहादुर थापाले आज फेष्टीवलको उद्घाटन गर्दै राजनैतिक पूर्वाग्रह नराखी विकास निर्माणका कार्यमा सवै राजनैतिक दल एक ढिक्का भएर अघि वढ्न आग्रह गरेका थिए।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक वहादुर भण्डारीले  लेखनाथलाई पर्यटन मैत्री शहर वनाउनु पर्नेमा जोड दिएका थिए।

होटल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथका अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल, लि वर्डका प्रतिनिधि रोशन पुडासैनी लगायतका वक्ताले वोलेका थिए । 
फेष्टीवल यही वैशाख १९ गतेसम्म चल्ने छ । सो फिस फेष्टीवलमा   २५ वटा विभिन्न स्टलहरु राखिएका छन्। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .