BREAKING NEWS

Wednesday, April 27, 2016

पोखरा र लेखनाथमा विहिवार दिनभर बत्ती नआउने


पोखरा १५ बैशाख । पोखरा र लेखनाथमा विहिवार दिनभर बत्ती नआउने भएको छ । नेपाल बिद्युत प्राधिकरण पोखरा ग्रिड शाखाले सुचना प्रकाशित गरी बैशाख १६ गते अर्थात् विहिवार दिनभर बिद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो । शाखाका अनुसार लेखनाथ र पोखरा सवस्टेशनबाट बिद्युत प्रशारण हुने सबै क्षेत्रमा विहिवार विहान ७ देखि वेलुकी ७ बजेसम्म बत्ती आउने छैन ।
२५ मेगावाटको माथिल्लो मादी जलबिद्युत आयोजनाको प्रशारण लाइनलाई लेखनाथ सवस्टेशनको १३२ केभी प्रशारण लाइनमा जडान गर्ने कार्यको लागि बिद्युत प्रवाह बन्द गर्न लागिएको शाखाले जनाएको छ । जडानको काम छिट्टै सकिएमा तोकिएको समय भन्दा अगावै बिद्युत आउन पनि सक्ने बताइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .