BREAKING NEWS

Thursday, March 31, 2016

चट्याङबाट घर र टौवामा क्षती


भीमपाणि बराल
लेखनाथ,१८चैत।
बुधबार दिउसो अविलर वर्षासगै परेको चट्याङबाट लेखनाथ नगरपालिकाको एक घर र टौवामा क्षती पुगेको समाचार प्राप्त भएको छ।

अविर वर्ष भईरहेको अवस्थामा परेको चट्याङबाट लेखनाथ नगरपालिका वडा नं १२ पावर हाउस निवासी भक्तवहादुर चर्माकारको घरमा क्षती पुगेको छ। चट्याङबाट चर्माकारको घर भित्रका सम्पुर्ण विद्युतीय वयरिङ र मिटर बक्स पुर्ण रुपले नष्ट भएको छ भने भान्छाकोठामा आम्सिक रुपमा क्षती पुगेको  स्थानीय विष्वमोहन पौडेलले जानकारी दिएका छन्।

यसैगरि सोही दिन दिउसो चार वजे परेको चट्याङबाट लेखनाथ नगरपालिका वडा नं १ नैविसे निवासी मनोज पौडेलको घर नजिक रहेको टौवामा आगोलागी हुदाँ करिव ६० भारी पराल नष्ट भएको छ।
चट्याङबाट सुरु भएको आगोलाई स्थानियवासीको सहयोगमा तुरुन्त नियन्त्रण्मा लिईएकाले घरमा भएका वस्तुभाउ र मानविय क्षती हुनबाट जोगिएको स्थानीय मुरलीमोहन पौडेलले जानकारी दिएका छन्। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .