BREAKING NEWS

Thursday, March 17, 2016

राज्य मन्त्रि यादवबाट लेखनाथ खानेपानीको अबलोकन


भीमपाणि बराल
लेखनाथ,४ चैत।
नेपाल सरकारका खानेपानी तथा सरसफाई राज्य मन्त्रि दिनेश चन्द्र यादवले लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको स्थलगत अवालोकन गरेका छन्।

लेखनाथ नगरवासीहरुका लागि सर्वसुलभ तरिकाले खानेपानीको ब्यवस्था मिलाउदै आएको सस्थाको गतिविधी र वर्तमान अवस्थाका बारेमा जानकारी लिन राज्य मन्त्रि यादव आकस्मित रुपमा सस्थाको कार्यालय खुदीमा पुगी खानेपानी वितरण प्रणाली र देखिएका समस्यका बारेमा जानकारी लिएका थिए।

पोखरामा चलिरहेको सार्क सचिव स्तरिय बैठकका सिलशिलामा पोखरा आएका राज्य मन्त्रि यादबले लेखनाथ नगर क्षेत्रको पाहाडी भागका लागि नयाँ योजना बनाएर अगाडी वड्नका लागि निर्देशन दिदै लेखनाथमा खानेपानी सिकाई केन्द्र स्थापनाका लागि सरकारी तहबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए।

अन्तरक्रित्मक कार्यक्रममा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्त सस्थाका कार्यबाहक अध्यक्ष विष्णु बरालले सस्थाको बर्तमान अवस्था र भावीयोजनाका वारेमा जानकारी गराएका थिए भने सस्थाका कार्यालय प्रमुख शिव अमात्यले खानेपानी वितरण प्रणाली र पानी शुद्धिकरणका सवालमा अपनाईएका तैर तरिकाका बारेमा प्रष्ठ पारेमा थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .