BREAKING NEWS

Saturday, March 12, 2016

सनत दुर्गाको निजी खर्चमा विद्यालय भवन निर्माण


विष्णुहरि पौडेल
लेखनाथ,२९ फागुन ।
लेखनाथ नगर पालिका वडा नं ८ मोहरियामा पोखराका समाजसेवी दाता सनत कुमार श्रेष्ठ र श्रीमति दुर्गा श्रेष्ठको  निजी खर्चमा रु .एक करोड ५१ लाख बरावरको लागतमा एक निम्न माध्यमिक विद्यालयको दुई तले १२ कोठे भवन निर्माण भएको छ।
  
पोखरा उपमहानगरपालिकाको वडा नं . ८ निवासी दाता दम्पत्ति सनत श्रेष्ठ र श्रीमती दुर्गा श्रेष्ठले आफनो निजी खर्चमा  भवन निर्माण सकी सनिवार एक समारोहका वीच विद्यालय हस्तान्तरण गरेका छन्।

आफू लगायत परिवार तनहूंको डुम्रे वजारमा वस्दै आएकोमा  २०३८ साल  पैरोवाट आफना वुवा, आमा, एक भाई र दुई वहिनीको मृत्यु भएपछि विरक्तिएर पोखरा आएका र अनेक मेहनत र परिश्रम गरी आर्जन गरेको केही पैसा वचाएर पढन दुःख पाएका विद्यार्थीहरुलाई केही सजिलो होस भनेर विद्यालय भवन वनाइदिएको दाता सनत श्रेष्ठले वताए।

ठूलो निजी खर्च सहयोग गरेर विद्यालय भवन निर्माण गरिदिएपछि शिक्षा मंत्रालयले पनि  नवज्योति निमाविलाई दाताहरुको नाम थपेर विद्यालयको नाम नवज्योति सनत दुर्गा निमावि नामाकरण गरिदिएको छ ।

शिक्षा सचिव विश्व प्रकाश पण्डितले सनिवार एक समारोहका विच नवनिर्मित  विद्यालय भवनको उद्घाटन गर्दै देशभित्रै रहेका यस्ता दाताहरुको सहयोगवाट जीर्ण अवस्थामा रहेको विद्यालय भवन निर्माणमा टेवा पुगेको वताउदै शिक्षा सचिब पण्डितले  दाताहरुलाई पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सक्ने गरी ऐन सम्शोधन गर्ने तयारीमा सरकार रहेको बताए।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देशक विष्णु प्रसाद अधिकारीले सन्तुष्टि प्रदान गरी चरित्रवान नागरिक तयार गर्न लाग्नु पर्नेमा जोड दिएका थिए।

विविध सास्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरीता त्रिपाठीको अध्यक्षतामा भएको र सह संयोजक सोमलाल तिवारीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न आमा समुह , वन समुह , सहयोगि दाताहरु , अक्षकोष दातााहरु , पूर्व शिक्षक , संस्थापक तथा पूर्व प्रअ,संचारकर्मी लगायतलाई सम्मान गरिएको उक्त कार्यक्रममा बक्ताहरुले सनतदुर्गाले सरकारले गर्नु पर्ने काम व्यक्तिले गरिदिएको भन्दै प्रशंसा गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक लिलामणी त्रिपाठीले संचालन गरेको उक्त समारोहमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा , अभिभावक हरिमायाँ लामिछाने ,चिरिन्जिवी तिवारी , लेखनाथ नगरपालिकाका कानूनी अधिकृत राममणी अधिकारी , लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, त्रिभुवन शान्ति उच्च माविका प्रधानाध्यापक मित्रलाल सापकोटा लगायतले शुभकामना दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .